Comments Add Comment

मधेस जित्न माओवादी नेतृत्व नै प्रचारमा

१५ साउन, काठमाडौं । दुई चरणको निर्वाचनमा अपेक्षित सफलता नपाएको माओवादी केन्द्रले प्रदेश २ को निर्वाचन आफ्नो पक्षमा पार्न विशेष कार्यक्रम सुरु गर्ने भएको छ ।

साउन १६ गते जनकपुरमा अगुवा कार्यकर्ता प्रशिक्षणमार्फत शीर्ष नेतालाई नै मधेसमा उतार्ने योजना उसले बनाएको छ ।

पार्टी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापालगायतले निर्वाचनकेन्द्रित प्रशिक्षण दिने प्रदेश २ का नेता गोपाल ठाकुरले बताए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment