Comments Add Comment

लाप्राकको पुनर्निर्माण कहाँ पुग्यो ? हेर्नुहोस् भिडियो

१५ साउन, जर्मनी । गैरआवासीय नेपाली संघ (एनआरएन) को पहलमा गोरखाको लाप्राकमा भइरहेको एकीकृत वस्ती निर्माणको कार्य अगाडि बढिरहेको छ । पहिलो चरणको काम लगभग आधा सकिएको एनआरएनले जनाएको छ ।

गैरआवासीय नेपाली संघले भूकम्प पीडितलाई १ हजार घर निर्माण गर्ने घोषणा गरेको थियो । यसअन्तरगत पहिलो परियोजनामा गोरखाको लाप्रपाकमा ६ सय घर निर्माण गर्ने काम भइरहेको छ । ३ सय घरको डीपीसी निर्माण भइसकेको र केही घरहरुको गाह्रो लगाउने काम सुरु भएको एनआरएनका अध्यक्ष शेष घलेले जानकारी दिए ।

लाप्राकको भौगोलिक विकटता र कमजोर पूर्वाधारका कारणले परियोजना सम्पन्न गर्न सोचेको भन्दा कठिन भइरहेको अध्यक्ष घलेले बताएका छन् । यद्यपि अक्टोबर अगाडि नै केही घरहरुको निर्माण सक्ने र हिउादसम्म सबै निर्माण कार्य सम्पन्न गर्ने उनले बताए ।

लाप्राकको वस्ती पुननिर्माणका क्रममा प्रतिकूल मौसम र बाटो लगायतका भौतिक पूर्वाधारको अभावका कारण अनुमान गरिएको लागत सक्ने अध्यक्ष घलेले जानकारी दिएका छन् ।

लाप्राकमा घर बनाउने ढुंगाको अभाव भएकाले सिमेन्टको ब्लक बनाउने अत्याधुनिक मेसिन भित्र्याइएको छ । यसका कारण घर निर्माणको लागत बढेता पनि घरहरु बलियो बन्न लागेको घलेले बताए ।

हेर्नुहोस् भिडियो स्टोरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment