Comments Add Comment

इपिएलको दोस्रो संस्करण डिसेम्बरमा, बिजेताले २१ लाख पाउने

१५ साउन, काठमाडौं । एभरेष्ट प्रिमियर लिगको दोस्रो संस्करण आगामी डिसेम्बरमा हुने भएको छ । साथै प्रतियोगिता नेपालकै सर्बाधिक पुरस्कार राशीको समेत हुनेछ ।

आज काठमाडौंमा पत्रकार सम्मेलन गरी जोहरा स्पोर्टस म्यानेजमेन्टले प्रतियोगिताको लोगो सार्वजनिकका साथै उपाधि बिजेतालाई २१ लाख पुरस्कार दिने घोषणा गरेको छ ।

मुलुकका ६ शहरको प्रतिनिधित्व गर्ने गरी टिम बनाइएको छ भने खेलाडीहरु अक्सनको आधारमा अनुबन्धित हुनेछन् । काठमाडौं, ललितपुर, बिराटनगर, बीरगञ्ज, भैरहवा र पोखराका टोलीहरु समावेश गरिएको छ ।

प्रतियोगितामा प्रत्येक टोलीले १५ जना खेलाडी अनुबन्ध गर्न सक्नेछन्, प्रत्येक टोलीमा कम्तिमा एक जना स्थानीय खेलाडी हुनैपर्नेछ । स्थानीय खेलाडीका लागि सम्बन्धित टोलीले ट्यालेन्ट हण्ट गरी छनोट गर्नुपर्नेछ ।

त्यस्तै हरेक टिममा बढीमा तीन जनासम्म बिदेशी खेलाडी रााख्न पाउने व्यवस्था गरिएको छ ।

राउण्ड रोविन लिगमा खेलाइने प्रतियोगिताका खेलहरु कीर्तिपुर मैदानमा हुनेछन् ।

पत्रकार सम्मेलनमा नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले सफलतापूर्वक पहिलो संस्करण सकाएको इपिएलले परिस्कृत स्वरुपमा नयाँ खेलाडीका लागि अवसर सृजना गरेको खुसी लागेको प्रतिक्रिया दिए ।

२१ लाख पुरस्कार राशी नेपालमा आयोजना हुने प्रतियोगितामध्ये सबैभन्दा धेरै हो । यसअघि राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको प्रधानमन्त्री कप क्रिकेटमा २० लाख र धनगढी पि्रमियर लिगमा १५ लाख पुरस्कारको व्यवस्था गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment