Comments Add Comment

जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्न मधेस केन्द्रित दलहरुको सुझाव

१५ साउन, काठमाडौं । मधेश केन्द्रित राजनीतिक दलहरुले जनसंख्यालाई मुख्य आधार बनाएर निर्वाचन क्षेत्र निर्धारण गर्न सुझाव दिएका छन ।

निर्वाचन क्षेत्र निर्धारण आयोगले आइतबार काठमाडौंमा आयोजना गरेको छलफलमा राष्ट्रिय जनता पार्टी, नेपाल र संघीय समाजवादी फोरम, नेपालले जनसंख्यालाई मुख्य आधार बनाएर निर्वाचन क्षेत्र निर्धारण गर्न आयोगलाई सुझाव दिएका हुन ।

२०६८ सालको जनगणनालाई आधार मानेर जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्न आयोगलाई सुझाव दिइएको राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजेन्द्र महतोले जानकारी दिए ।

संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले जनसंख्यालाई मुख्य आधार बनाएर प्रदेश भित्रको क्षेत्र निर्धारण गर्न सुझाव दिइएको बताए ।

उनले संविधानले पनि जनसंख्यालाई मुख्य आधार बनाएर निर्वाचन क्षेत्र निर्धारण गर्ने व्यवस्था गरेको पनि स्मरण गराए ।

आगामी माघ ७ गते भित्र प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक बाध्यता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment