+
+

बाबुराम भट्टराईले भने- अब जनताले फैसला गर्नुपर्ने भो

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन १५ गते १५:१२

१५ साउन, काठमाडौं । नयाँ शक्ति पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भरतपुर महानगरपालिका १९ मा पुनः मतदान गराउने सर्बोच्चको फैसलाको आलोचना गरेका छन् ।

फैसला लगत्तै ट्वीटरमार्फत आफ्नो धारणा सार्वजनिक गरेका भट्टराईले चुनाव हार्ने भएपछि नियोजित ढंगले मतपत्र च्यात्नेलाई अदालतले पुरस्कृत गरेर गलत नजिर बसालेको टिप्पणी गरेका छन् । उनले अब जनताले फैसला गर्नुपर्ने प्रतिक्रिया दिएका छन् ।

भट्टराईले भनेका छन्- चुनाव हार्ने भएपछि नियोजित ढंगले मतपत्र च्यात्नेलाई पुनः मतदानको पुरस्कार मिल्ने हो भने कस्तो नजीर बस्ला ? अब जनताले नै फैसला गर्नुपर्ने भो ।

यो पनि पढ्नुहोस् 

भरतपुर प्रकरणमा सर्वोच्चको आदेशः पुनः मतदान गराउने आयोगको निर्णय सदर

सर्वोच्चको फैसला दुर्भाग्यपूर्णः एमाले

भरतपुरमा अबको प्रक्रिया के हुन्छ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?