+
+

भरतपुरमा अबको प्रक्रिया के हुन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन १५ गते १९:३२

१५ साउन, काठमाडौं । अब भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान हुने भएको छ ।

सर्वोच्च अदालतले आइतबार पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णय सदर गरेको छ । यससँगै पुनः मतदानको बाटो खुलेको छ । त्यसो भए अबको प्रक्रिया के हुन्छ त ?

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्मा सर्वोच्चको फैसला हेरेपछि मात्र केही भन्न सकिने बताउँछन् । यद्यपि आयोगले केन्द्रबाट कुनै निर्णय गर्नु पर्ने भए गर्ने र नभए निर्वाचन अधिकृतले सर्वदलीय बैठक गरेर मिति तोक्ने उनले जानकारी दिए ।

यसअघि आयोगले पुनः मतदान गर्ने निर्णय गर्दै मिति तोक्ने अधिकार निर्वाचन अधिकृतलाई दिएको थियो ।

प्रमुख विपक्षी दल एमालेले यो फैसला दुर्भाग्यपूर्ण भनेको छ तर, फैसला मान्ने बताएको छ ।

यो पनि पढ्नुहोस् 

भरतपुर-१९ मा पुनः मतदान गराउन सर्वोच्चको आदेश

सर्वोच्चको फैसला दुर्भाग्यपूर्णः एमाले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?