Comments Add Comment

सिद्धार्थ बैंकको नाफा १ अर्ब ४१ करोड

१८ साउन, काठमाडौं । गत आव २०७३/७४ मा सिद्धार्थ बैंकको नाफा करिब १३ प्रतिशतले बढेर १ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आव २०७२/७३ मा भने बैंकको नाफा १ अर्ब २५ करोड रहेको थियो ।
बैंकको खुद व्याज आम्दानी २५ प्रतिशतले बढेर २ अर्ब ६५करोड रुपैयाँ पुगेको छ । बैंकले फि कमिसनबाट १८ करोड रुपैयाँ, अन्य सञ्चालनबाट ३६ करोड र बिदेशी मुद्राको कारोबारबाट बैंकले १६ करोड रुपैयाँ आम्दानी गरेको छ ।
बैंकले यसअघि नोक्सान वापत राखेको २८ करोड ६२ लाख फिर्ता ल्याएको छ । त्यस्तै, यसपटक भने सम्भावित नोक्सान व्यवस्थाको लागि केही रकम बढाएर ३२ करोड ९२ लाख रुपैयाँ छुट्याएको छ । बैंकको खराब कर्जा १.१५ प्रतिशत रहेको छ भने प्रावधान १ सय ५५ प्रतिशत गरेको छ ।
बैंकको चुक्ता पुँजी ६ अर्ब ६२ करोड पुगेको छ । बैंकले हकप्रद वापतको कल इन एड्भान्स रकम बराबर १ अर्ब ३७ करोड समेत राखेपछि चुक्ता पुँजी यति भएको हो । चुक्ता पुँजी बढेपछि सेयरमा प्रतिफल पनि घटेको छ । यो दर १५.८० प्रतिशत छ । प्रतिसेयर आम्दानी २१ रुपैयाँ रहेको छ । बैंकको सञ्चिती ३ अर्ब २८ करोड रहेको छ ।
बैंकको निक्षेप संकलन १९ प्रतिशतले बढेर ७७ अर्ब र कर्जा लगानी १९ प्रतिशतले बढेर ६६ अर्ब पुगेको छ । बैंकको सीसीडी रेसीयो ७६.७१ प्रतिशत रहेको उल्लेख छ । कर्जा लगानीको लागि आधार लिइने बेस रेट १०.३८ प्रतिशत रहेको छ । बैंकमा पुँजी पर्याप्तता अनुपात १३.१६ रहेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १ सय ४९ रुपैयाँ रहेको छ ।
बैंकको कर्मचारी लागत करिब २१ करोडले बढेको छ भने अन्य सञ्चालन लागत पनि ११ करोडले वृद्धि भएको छ । बैंकले सेयर धितोको कर्जामा १ अर्ब ४१ करोड, ओभर ड्राफ्ट शीर्षकमा २८ अर्ब लगानी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment