+
+

आपूर्तिमन्त्री भन्छन् –आयल निगमले जग्गा खरिदमा अनियमितता गरेको प्रष्ट छ

‘अनियमिततामा ठूलो डिजाइन छ’

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन १८ गते १७:१४


१८ साउन, काठमाडौं –आपूर्तिमन्त्री शिवकुमार मण्डलले आयल निगमले पेट्रोलियम भण्डारणका लागि जग्गा खरिदमा अनियमितता गरेको बताएका छन् । निगमले अस्वभाविक मूल्य तिरेर महंगोमा जग्गा खरिद गरेको उनले बताए ।

‘जग्गा खरिदमा अपचलन भएको छ, यो प्रष्ट छ,’ आपूर्तिमन्त्री मण्डलले भने । जग्गा खरिदमा भएको अनियमिततालाई आफूले गम्भीर रुपमा लिएको उनले बताए ।

ठूलै ‘डिजाइन’ गरेर अनियमितता गरिएको उनले बताए ।

जग्गा खरिदका विषयमा मन्त्रालयले पनि छुट्टै टिम गठन गरेर अध्ययन गर्ने पनि उनले बताए ।

जग्गा खरिदमा अनियमितता गरेको पुष्टि भए दोषीमाथि कडा कारवाही गरिने मन्त्री मण्डलले बताए ।

निगमको जग्गा खरिद कागजी हिसावमा मिलेको देखिएपनि व्यवहारीक रुपले हेर्दा अनियमितता भएको उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?