२० साउन, सुर्खेत । गएरातिबाट परेको अविरल वर्षाका कारण वीरेन्द्रनगर उपत्यका जलमग्न भएको छ ।
उपत्यकामा रहेका खहरे खोलाहरुमा बाढी आएको छ । उपत्यकाको तल्लो भाग जलमग्न हुँदा स्थानीय नागरिकहरुले सुरक्षित स्थानका लागि घर छोडेका छन् ।
जिल्लाका नेवारेखोला, इत्रामखोला, खोर्केखोला, छिन्चुखोला, झुप्राखोला, सोतखोला लगायतका खोलाहरू नजिकका स्थानीयवासिन्दाहरुलाई सतर्कता अपनाउन स्थानीय प्रशासनले अपील गरेको छ ।
उपत्यकामा बाढीबाट डुवान हुने र ग्रामीण क्षेत्रमा पहिरोको जोखिम बढेकोले सतर्क हुन स्थानीय प्रशासनले समेत आग्रह गरेको छ ।
मध्य तथा सुदूरपश्चित क्षेत्रीय हावापानी कार्यालय सुर्खेतका अनुसार सुर्खेतको छिन्चुमा १४७ मिलिमिटर, वीरेन्ऽनगर उपत्यकामा १८१ मिलिमिटर र चेपाङ्ग (बबई) मा २२१ मिलिमिटर वर्षा भएको छ ।
तस्वीर, चिन्तामणि शर्माको फेसबुक वालबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4