Comments Add Comment

क्रिकेट विवादः निर्वाचित क्यानले बोलायो साधारणसभा


२० साउन, काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को निलम्बनमा रहेको नेपाल क्रिकेट संघ क्यानले विधान संशोधनका लागि साता साधारण सभा बोलाएको छ ।

सल्लाहकार समूहले तयार पारेको विधान अनुमोदन गर्न आईसीसीले एक महिन समय दिएको छ । त्यस अनुसार भदौ पहिलो साता -६ र ७ गते) साधारणसभा बोलाइएको क्यानका महासचिव अशोकनाथ प्याकुरेलले अनलाइनखबरलाई जानकारी दिए ।

सल्लाहकार समूहमा क्यानको प्रस्तावित विधानका अधिकांश विषयमा सहमति जुटेको छ । तर, नयाँ विधानअनुसार निर्वाचनका लागि बोलाइने साधारणसभामा निर्वाचित क्यानको ३१ सदस्यीय बोर्ड सदस्यको सहभागिताको विषय अझै मिलिसकेको छैन ।

निर्वाचित क्यानका तर्फबाट सल्लाहकार समूहमा रहेका चतुरबहादुर चन्द र प्याकुरेलले भोटिङ राइट विना नै भएपछि आफूहरु सधारणसभामा जान पाउनु पर्ने मत राखेका छन् । तर, सल्लाहकार समूहका अन्य सदस्यले यसमा सहमति जनाएका छैनन् ।

चन्द र प्याकुरेलले यो विवाद अझै नमिलेको भन्दै आईसीसीलाई लिखित पत्र समेत पठाएको छ ।

तर, आईसीसीले नै एक महिनाभित्र विधान संशोधन गर्न भनेकाले साधारणसभा बोलाइएको प्याकुरेलले बताए ।

सल्लाहकार समूहको टीओआरमा नै विधान संशोधन क्यानको साधारणसभाले गर्ने व्यवस्था छ । यसलाई राष्ट्रिय खेलकुद परिषदले स्वीकृत गरेपछि मात्र लागू हुनेछ ।

तर, चन्द र प्याकुरेलले आफूहरुले सहमति नगरेका विषय साधारणसभाबाट अनुमोदन गराउन आफूहरुका बाध्य नहुने बताएका छन् ।

स्रोतका अनुसार साधारणसभा बोलाउनबारे छलफल गर्न बसेको बोर्ड बैठकमा धेरै सदस्यहरुले भोटिङ राइट नभएपनि साधारणसभामा उपस्थिति हुनु पर्ने मत राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment