+
+

बानेश्वरमा युवकको ज्यान लिएर सवारी भाग्यो

खोज्दै प्रहरी

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन २१ गते १०:५८

२१ साउन, काठमाडौं । नयाँ बानेश्वरस्थित एभरेष्ट होटल नजिक सवारी साधनको ठक्करबाट आज बिहान एक युवकको घटनास्थलमै मृत्यु भएको छ ।

महानगरीय प्रहरी आयुक्तको कार्यालयका अनुसार मृतकको पहिचान र ठक्कर दिने सवारी साधनका लागि अनुसन्धान भइरहेको छ । अन्दाजी २२–२५ वर्षीय युवक टाउको र पेटमा गम्भीर चोट लागेको अवस्थामा सडकमा लडिरहेको भनी स्थानीयवासीले आज बिहान ५ः३० बजे आयुक्तको कार्यालयमा खबर गरेका थिए ।

शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?