+
+

भरतपुर महानगरकी मेयर रेणु भन्छिन्-सबै दलसँग हातेमालो गरेर अघि बढ्छु

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन २२ गते १०:१५

२२ साउन, चितवन । भरतपुर महानगरपालिकाको मेयरमा निर्वाचित रेणु दाहालले समृद्ध र व्यवस्थित महानगरपालिका बनाउनका लागि सबै दलसँग हातेमालो गरेर अघि बढ्ने बताएकी छन् ।

दल विशेषबाट चुनाव लडे पनि अब आफू सबैको साझा भएको भन्दै उनले भनिन्, ‘समृद्ध र व्यवस्थित महानगरपालिका बनाउनका लागि मैले जहाँ जे जति प्रतिबद्धता व्यक्त गरेको छु त्यसै अनुरुप मेरो कार्यकाल र जिम्मेवारी अघि बढ्ने छ ।’

विजयी भएपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै दाहालले आफूमात्र नभई सम्पूर्ण नगरबासी विजयी भएको बताइन् । ‘यो मात्र एउटा रेणु दाहालको जीत नभएर भरतपुर महानगरपालिकाका सम्पूर्ण जनता विजयी भएको मैले महसुस गरेको छु,’ उनले भनिन्, ‘सबैको रचनात्मक साथ, सहयोग र समर्थन पाउनेछु ।’

उनले पहिलो काम महिलाको पक्षमा गर्ने बताइन् । ‘मेयर पनि उपमेयर पनि महिला छौं, महिलाको पक्षमा पहिलो काम गर्छौं, ‘सबैको नमूना बनेर देखाउँछौं,’ उनले भनिन् ।

उनले आफ्नो कार्यकालमा सबै राजनीतिक दल, नगरबासी र सञ्चारकर्मीको सहयोग पाउने अपेक्षा गरेको पनि बताइन् ।

भरतपुर महानगरलाई समृद्ध, व्यवस्थित र नमूना महानगर बनाउने पूर्वप्रतिबद्धता पाँच वर्षे कार्यकालभित्रै पूरा गर्ने दाहालले बताइन् । जुन दलबाट उम्मेदवार भएपनि अब आफू साझा भएको भन्दै उनले भनिन्, ‘समृद्ध महानगर बनाउन सबै दलसँग हातेमालो गरेर अघि बढ्छु ।’

महानगरका स्रोतसाधनको अधिकतम उपयोग गरी विकास निर्माणलाई तीव्रता दिने उनको योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?