+
+

पर्वतारोहण संघको चुनावमा धाँधलीको आरोप, शेर्पाले देखाए ‘शंकास्पद फूटेज’

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन २४ गते १४:२९


२४ साउन, काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए) को नयाँ नेतृत्वका लागि शनिबार भएको निर्वाचनमा धाँधली गरिएको आरोप लागेको छ । अध्यक्षमा पराजित जिङ्बाजाङ्बु शेर्पाले भोट हाल्न नआएका संघका साधारण सदस्यहरुको परिचयपत्र फर्जी मतदातालाई दिएर आफ्नो पक्षमा भोटिङ गराएको दावी गरेका छन् ।

मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै शेर्पाले निर्वाचनमा धाँधली गर्न गैरसदस्यले संघको सचिवालयबाट निर्वाचन भइरहेको समयमै भोटिङ परिचयपत्र बुझेको सिसीटिभी फुटेज सार्वजनिक गरेका छन् ।

यो चुनावबाट ३८३ मतका साथ अध्यक्षमा एमाले निकट सन्तवीर लामा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी शेर्पाले ३१६ मत प्राप्त गरका थिए । शेर्पा कांग्रेस निकट मानिन्छन् ।

निर्वाचनमा धाँधली गर्न यसअघिका एनएमएका कोषाध्यक्ष तथा सचिव पदका प्रत्यासी टिकाराम गुरुङको प्रत्यक्ष संलग्नता देखिएको आरोप अध्यक्षका प्रत्यासी जिङ्बाजाङ्बु शेर्पाले लगाए ।

‘संघका कर्मचारी र सिसिटिभी फुटेजमा देखिएका ब्यक्तिहरुले निर्वाचनमा हामीलाई हराउने गरी संलग्न देखिएका छन्’ शेर्पाले भने,’कर्मचारीलाई पनि आथिर्क प्रलोभन दिएर यो काममा लगाइएको छ ।’

उनले निर्वाचनको समयमा केही गैरसदस्य मतदाताले मतदाता परिचपत्र लिएर आएको पाइएपछि निर्वाचन समितिले त्यसलाई जफत समत गरेको बताए ।

‘समितिले गैरसदस्यले मत हालेको प्रतिवेदन दिएको छ । सिसिटिभी फुटेजमा पनि यो स्पष्ट देखिन्छ’ शेर्पाले भने ।

शेेर्पाले निकालेको प्रेश विज्ञप्ति


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?