+
+

कपिलको शो बन्द नहुने, नयाँ ढंगमा ल्याउने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन २४ गते १५:३२


भारतीय टेलिभिजनका कमेडियन कपिल शर्माका लागि पछिल्ला केही महिना सुखद रहेनन् । एकातिर, उच्च टीआरपीमा रहेको शो छाडेर उनका साथीहरु तितरबितर भए त अर्कोतिर उनी आफै बिरामी परे ।

सोनी टेलिभिजनमा कपिलले संचालन गर्दै आएको कमेडी शो ‘दि कपिल शर्मा शो’को टीआरपी निकै खस्कियो । कपिललाई सोनी टेलिभिजनले नयाँ संझौता नगर्ने भन्ने खालका चर्चा पनि चलेका थिए ।

तर, अब यो शो बन्द नहुने भएको छ । सोनीले कपिलसँग नयाँ संझौता गरेको छ । भारतीय मिडियाका अनुसार केही महिना यो शो बन्द हुनेछ र नयाँ ढाँचामा दर्शकमाझ आउनेछ । कपिलले कति करोडमा शो नविकरण गरेका हुन् भन्ने खुलेको छैन ।

कपिलले सोनी टेलिभिजनसँग संझौता नविकरण भएकोमा खुशी व्यक्त गर्दै दर्शकलाई नयाँ नयाँ खुराक पस्किने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?