Comments Add Comment

झिमरुकका जनप्रतिनिधिले तोके आफ्नै तलब, कर्मचारीलाई प्रोत्साहन भत्ता

२५ साउन, प्यूठान । झिमरुक गाउँपालिकाका जनप्रतिनिधिले आफ्नो तलब भत्ता तोकेका छन् । ३६ करोड १० लाख ४४ हजारको वर्षिक बजेट पारित गर्दै गाउँसभाले जनप्रतिनिधिहरुको मासिक तलव तोकेको हो ।

गाउँपालिका अध्यक्षले मासिक २५ हजार, उपाध्यक्षले २० हजार र वडा अध्यक्षको १५ हजार मासिक तलब लिनेछन् । गाउँकार्यपालिका सदस्यहरुको ५ हजार तलब लिनेछन् । यसका लागि वार्षिक २५ लाख ३५ हजार बजेट विनियोजन गरेको छ ।

कर्मचारीहरुको कार्यसम्पादनको आधारमा रहेको आधारभुत तलवमा ३० प्रतिशत प्रोत्साहन भत्ता दिने निर्णयसमेत गरेको छ ।

पहिलो गाउँसभा बैठकमा अध्यक्ष तिलकबहादुर जिसीले चालू तर्फ २२ करोड ८ लाख ९४ हजार १२ र पूँजीगत तर्फ १४ करोड १९ लाख ४ हजार ९८८ रुपैयाँ बजेट प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment