Comments Add Comment

बेललाई भित्र्याउने युनाइटेडको प्रयास असफल

२५ साउन, काठमाडौं । म्यान्चेस्टर युनाइटेडका प्रशिक्षक जोसे माउरिन्होले रियल मड्रिडका वेल्स स्टार ग्यारेथ बेललाई अनुबन्ध गर्ने युनाइटेडका योजना यस सिजनका लागि असफल भएको बताएका छन् ।

माउरिन्होले यसअघि भनेका थिए कि मड्रिड बेललाई बेच्न चाहन्छ भने युनाइटेडले उनका लागि बोली लगाउनेछ । तर युरोपियन सुपर कपमा २-१ को जित हासिल गरेसँगै बेल मडि्रडमै रहने निश्चित भएको छ ।

माउरिन्होले भने, ‘मलाई लाग्छ कि अब उनी त्यहीँ रहनेछन् ।’

जव उनलाई क्लव छाड्दै भन्ने हल्लाहरुबारे सोधिएको थियो, त बेलले भने, ‘मलाइ थाहा छैन ।’

स्पेनिस अखबार मार्काले मडि्रडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजलाई उदृत गर्दै उल्लेख गरेको छ कि ‘स्पेनिस च्याम्पियनले बेललाई बेच्नेबारे सोचेको पनि छैन ।’

वेल्स स्टार बेलले थपे, ‘म सिर्फ आफ्नो फुटबलमा ध्यान दिइरहेको छु र मैले केहि सुनिरहेको छैन र केहि पढिरहेको छैन ।’

‘म अहिले फुटबलको आनन्द उठाइरहेको छु र कति धेरै ट्रफी जित्न सकिन्छ भनेर खेलिरहेको छु ।’

बेल प्रिमियर लिग क्लव टोटनहृयामबाट तत्कालीन कीर्तिमानी मूल्य ८५ मिलियन पाउण्डमा स्पेनिस महारथी क्लवमा आबद्ध भएका थिए ।

पछिल्लो सिजनको अन्तिममा बेलले मडि्रडमा आफ्नो भविश्यको घोषणा गरेका थिए र उनले भने कि १२ पटक च्याम्पियन्स लिग बिजेताको साथ रहँदा उनी खुसी छन् ।

पछिल्लो अक्टोबरमा उनले सन् २०२२ सम्मम मडि्रडमा रहने गरी सम्झौता नवीकरण गरेका थिए ।

समाचारहरुमा दावी गरिएअनुसार मड्रिडले मोनाकोका युवा स्ट्राइकर कीलिन् एमबाप्पेसँग १६० मिलियन पाउण्डको डिल गरिरहेको छ ।

युनाइटेडबिरुद्धको जितमा बेलले दास्रो गोलका लागि इस्कोलाई पास उपलब्ध गराएपछि माउरिन्होले बीबीसी स्पोर्टस्सँग भने, ‘प्रष्ट छ कि क्लवले उसलाई चाहन्छ, प्रशिक्षक उनलाई चाहन्छन् र उनी त्यही क्लवमा रहन चाहन्छन् ।’

‘त्यसैले मेरा लागि सुरु हुनुअघि नै खेल सकियोे’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment