+
+

१७ दिनसम्म मनाइने दार्चुलाको सुर्माभवानी जात्रा सम्पन्न

सन्तोष कोट्टारी सन्तोष कोट्टारी
२०७४ साउन २५ गते १७:०४

२५ साउन, दार्चुला । उत्तर पूर्वी दार्चुलाको अपिहिमाल गाउँपालिकामा लाग्ने सुर्माभवानी जात्रा सम्पन्न भएको छ ।

स्थानीय भाषामा ‘क्षत्ति’ जात्रा भनेर चिनिने सुर्माभवानी जात्रा औँसीदेखि १७ दिन र रतेडीदेखि सातदिनसम्म मनाइन्छ । खासगरी अपिहिमाल गाउँपालिका ३ घाजिर क्षत्ति हुँदै बझाङ जिल्लाको सुर्मासरोवरसम्म पुगेर मनाउने गरिन्छ ।

मुख्यतः कृष्ण दशमीदेखि सुरुहुने सुर्माभवानी जात्रा शुक्ल प्रतिपदाको दिन सम्पन्न हुन्छ । सुर्मा जात्राको सुरुवात कहिलेदेखि सुरु भयो भन्ने एकिन प्रमाण नभएपनि एघारौं शताब्दी अघिदेखि नै यो जात्रा मनाउन थालिएको जानकारहरु बताउँछन् ।

जात्रामा अपिहिमाल गाउँपालिकाको खण्डेश्वरीबाट जाने तीर्थालुहरूले सुर्मा सरोवरमा पहिले पूजापाठ गरेर फर्किएपछि बझाङ तिरबाट आउने सिकारीको भेषधारी तीर्थालुहरूले पूजा गर्नुपर्ने प्रचलन छ । सुर्मासरोवर समुद्री सतहबाट ६ हजार ५२३ मीटर उचाईमा रहेको छ ।

सुर्मा भवानी जात्रालाइ धार्मिक र सांस्कृति झल्काउने एक महत्वपूर्ण जात्राको रुपमा लिइन्छ । मेला भर्न विभिन्न जिल्लाबाट तीर्थालु भक्तजनहरु आउने गरेका छन् । जात्रामा आउनेे भक्तजनहरुलाई उवादेशी, उनादेशी, जत्तोर र वाइदेशी वा तिर्थालु भनेर सम्बोधन गरिन्छ ।

जात्रामा सहभागी क्षत्तीगर्खा पुर्ख्यौली घर भएका, ठेकरे, बोहरा धामी, वैरे समुदायका भक्तहरूलाई उवादेशी, घाजीरगर्खाका यात्रुहरूलाई उनादेशी, रोकाया, कार्की तथा खण्डेश्वरी भित्रका यात्रुहरूलाई वाईदेशी भनिन्छ ।

जात्रा अवधिभर भक्तजनहरुले लसुन, प्याज, मसुरो तथा मासु, रक्सीजस्ता भोजन बार्नुपर्ने धार्मिक मान्यता छ । जात्रामा क्षत्तिको संस्कृति, पहिरन, नृत्य, देउडा, बाजागाजा प्रदर्शन गरिन्छ ।

यो क्षेत्रमा लगाइने लुगा अल्लो र उनी कपडा यहाँको विशेषता हो । क्षत्ति जात्रा मात्रै हैन यो ठाउँमा महादेव जात्रा, विशु पर्व, दशैंतिहार, सुदूरपश्चिमेलीहरुको महान पर्व गौरा जस्ता विभिन्न पर्वहरु मनाउने चलन फरक-फरक छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?