Comments Add Comment

तीन शहरमा एकसाथ ‘अस्ट्रेलियन एजुकेसन-डे’ सुरु


२५ साउन, काठमाडौं । ‘एईसीसीले ग्लोबल अस्ट्रेलियन एजुकेसन डे-अगष्ट २०१७’ सुरु भएको छ । कार्यक्रम बुधबारदेखि एकैपटक देशका प्रमुख तीन शहरमा सुरु भएको हो ।

यो वर्ष मात्रै यो मेला तेस्रो पटक हुँदैछ । मेलामा अष्ट्रेलियाका २७ वटा युनिभर्सिटि र कलेजले सहभागिता जनाएका छन् । यसमा ११ देखि १३ वटा कोर्स प्रोभाइडर पनि सहभागी छन् ।

आज, भोलि र पर्सी चल्ने एजुकेसन डे काठमाडौंको होटल याक एण्ड यति, पोखराको होटल पोखरा ग्राण्डी र चितवनको होटलल रोयल सेन्चुरीमा हुनेछ । दैनिक बिहान ११ देखि बेलुकी ५ः३० बजेसम्म यो कार्यक्रम चल्ने आयोजकले जनाएको छ ।

कार्यक्रममार्फत अस्ट्रेलियामा अध्ययन गर्न चाहने विद्यार्थीले छात्रवृत्ति, भर्ना, भिसा तथा आवेदनसम्बन्धी सम्पूर्ण जानकारी लिन सक्नेछन् ।

कार्यक्रममा अस्ट्रेलियामा एमबीए, बिजनेस प्रोग्राम, विज्ञान तथा इन्जिनियरिङ, कम्प्युटिङ, आईटी, टेलिकम्युनिकेसन, मेडिसिन र नर्सिङ, अध्ययनलगायत अन्य विविध विषयका बारेमा समेत समग्र जानकारी लिन सकिने जानकारी दिइएको छ ।


संस्थाका अनुसार इच्छुक सहभागीले आफ्नो इच्छाअनुसार पोस्ट ग्राजुएट र अन्डर ग्राजुएट लेभलमध्ये आफ्नो अध्ययन क्षेत्र रोज्न सक्नेछन् । विद्यार्थीले विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष भेटघाट गरी आवश्यक जानकारी लिइरहेका छन् ।

साथै, तत्काल प्रक्रिया अगाडि बढाई आफ्ना आवेदन विश्वविद्यालयसामु प्रस्तुत गर्ने अवसर प्राप्त गर्नेछन् ।
योग्य विद्यार्थीका लागि छात्रवृत्तिको समेत व्यवस्था गरिएको जानकारी दिइएको छ । कार्यक्रममा सहभागीका लागि आईईएलटीएस/पीटीई/टोफल अध्ययनकाबारेमा परामर्श पनि गर्न सक्नेछन् ।

एईसीसी ग्लोबलका डेस्टिनेशन हेड शैलेशकुमार झाले अष्ट्रेलियन विश्वविद्यालयलाई यहाँका विद्यार्थी र अभिभावकलाई जोड्न कार्यक्रम प्रभावकारी हुने बताए ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment