Comments Add Comment

मार्तडीमा पहिलो निजी वाणिज्य बैंक

एनआईसी एशिया बैंकले बाजुरा सदरमुकाम मार्तडीमा बैंकिङ सेवा पुर्‍याएको छ । यु. के. एड एक्सेस टु फाईनान्स सक्षमसंगको सहकार्यमा वित्तिय पहुँच तथा सबलिकरणका लागि मार्तडीमा बैंकिङ सेवा पुर्‍याइएको बैंकले जनाएको छ ।

राष्ट्र बैंक, बैंक तथावित्तिय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलको उपस्थितिमा एनआईसी एशिया बैंक र यु. के. एड सक्षम एक्सेस टु फाईनान्स (सक्षम) बीच औपचारिक सम्झौतामा हस्ताक्षर भएको छ । एनआई स्ाीएशिया बैंक सक्षमको सहकार्यमा बाजुरा जिल्लाको मार्तडीमा शाखा संचालन गर्ने पहिलो निजी वाणिज्य बैंक भएको छ ।

६ जुलाई २०१७ मा शाखा कार्यालयको प्रारम्भिक उद्घाटन भएको थियो । शाखा संचालनमा आएको पहिलो दिनमा नै ३१ वटा निक्षेप खाता खोली ९ लाख ५० हजार रुपैयाँ निक्षेप संकलन गरेको थियो । शाखामा ३२० वटा निक्षेप खाताबाट एक करोड ५५ लाख नौ हजार निक्षेप संकलन भइसकेको बैंकले जनाएको छ ।

कार्यक्रममा राष्ट्र बैंका पौडेललेेे देशको एकदमै विकट जिल्लामा निजी लगानीमा बैंकिङ्ग सेवा पुर्‍याएकोमा खुसी व्यक्त गरे । यस्ता सहकार्य सरकारको प्राथमिकता भित्र पर्ने उनको भनाइ थियो ।

मार्तडी शाखाका अतिरिक्त जिल्लामा थप ३ वटा शाखारहित बैंकिङ्ग सेवा स्थापना गरिने एनआईसी एशिया बैंकले जनाएको छ । त्यहाँ आधुनिक बैंकिङ्ग सेवाहरु विस्तार गर्ने तथा विभिन्नव् यवसायिक कृषी, लघुउद्यम, कृषी औजार, विप्ान्नवर्ग तथा साना व्यापार कर्जा उपलब्ध गराउनेछ ।

सक्षमका नेपाल प्रमुख बलजित वोहराले सक्षमले नेपालको हरेक ग्रामीण क्षेत्रमा औपचारिक वित्तीय पहुँच पुर्‍याउन चाहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment