Comments Add Comment

लोडसेडिङ टार्न भारतबाट थप २१० मेगावाट बिजुली ल्याउने तयारी

नयाँ ३ प्रसारण लाइन निर्माण गर्न नेपालको भारतसमक्ष प्रस्ताव

२६ साउन काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आगामी हिउँदका लागि थप २ सय मेगावाट विद्युत आयात गर्ने गरी भौतिक संरचना तयार गरेको छ । सम्भावित लोडसेडिङ टार्ने लक्ष्यका साथ प्राधिकरणले यस्तो तयारी गरेको हो ।

कटैया कुशाहा र रक्सौल परवाहनीपुरको १ सय ३२ केभिए लाइनबाट थप १ सय मेगावाट विद्युत आयात हुने निश्चित भइसकेको छ । नेपाल–भारत पावर एक्सचेन्ज कमिटीको बैठकले सो प्रशारणलाइनबाट थप १ सय मेगावाट बिद्युत नेपालले आायत गर्ने सहमति गरेको हो । यस्तो बिजुली नेपाल सरकारले ‘टेक एन्ड पे’ मा आयात गर्नेछ ।

साथै प्राधिकरणले ढल्केबर मुजफ्फरपुबाट पनि थप १ सय मेगावाट बिद्युत आयात गर्नको लागि ढल्केबरमा सबस्टेशन निर्माण गरिरहेको छ । यो आगामी हिउँद सुरु नहुँदै निर्माण सम्पन्न गर्ने प्राधिकरणको तयारी छ ।

सोही बैठकमा लामो समयदेखि बन्द रहेको धनगढी पालियाबाट पनि थप १० मेगावाट बिद्युत आयात गर्ने सहमति भएको छ । प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार यो प्रसारणलाइन २ महिनाभित्रै सञ्चालनमा आइसक्ने छ ।

बैठकमा नेपालले थप ३ वटा प्रशारण लाइन निर्माणको पनि प्रस्ताव राखेको छ । धनगढी पालिया, कोहलपुर नानपारा र सम्पतिया मैनाया प्रसारण लाइन निर्माणको प्रस्ताव राखेको हो । यसबारेमा नेपाल–भारत उर्जा सचिबस्तरीय बैठकमा थप छलफल गरिने प्राधिकरण स्रोतले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment