Comments Add Comment

अरुण भ्यालीको नाफा ५० प्रतिशत बढ्यो


२६ साउन, काठमाडौं । अरुण भ्याली हाइड्रोपावर गत आव २०७३/७४ मा ८ करोड ९५ लाख रुपैयाँ कमाएको छ । कम्पनीको नाफामा ५० प्रतिशतले वृद्धि भएको हो । यसअघि कम्पनीले ५ करोड ९३ लाख नाफा कमाएको थियो ।

 

कम्पनीको सञ्चिती १६ प्रतिशतले बढेर ९ करोड २३ लाख रुपैयाँ रहेको छ । १ करोड १५ लाख बराबरको काम भइरहेको पनि कम्पनीले उल्लेख गरेको छ । कम्पनीले १ लाख ५६ हजार व्याज तिरेको छ ।

 

कम्पनीले १ करोड रुपैयाँ ह्रास कट्टी वापत रकम छुट्याएको छ । चालु सम्पत्तिबाट चालु दायित्व घटाउदा कम्पनीको खुद चालु सम्पत्ती १२ करोड रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १ सय १० रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ ५६ पैसा, मूल्य आम्दानी अनुपात २६ गुणा, प्रतिसेयर कुल सम्पत्तीको मूल्य १ सय १३ रुपैयाँ रहेको छ ।

 

कम्पनीले ७ करोड ८५ लाख अन्य स्रोतबाट आम्दानी गरेको छ । कम्पनीले निकट भविष्यमा नयाँ जलविद्युत् आयोजना निर्माण गर्ने पुर्व तयारी भइरहेको उल्लेख खगरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment