Comments Add Comment

सावधान ! केचप सेवन गर्नुअघि जान्नैपर्छ यी कुरा


केचप, धेरैजसो परिकारमा स्वाद बढाउन प्रयोग गरिन्छ । तर, केचप प्रयोग गरिरहँदा जो कोहिको मनमा उठ्न सक्छ, ‘यो खानु ठीक कि बेठीक ?’
टोस्ट, बर्गर, सलाद, ब्रेड,फ्रेन्च फ्राइ  सबैमा केचप अनिवार्य जस्तै हुन्छ । केचप बिना यी खानेकुरा स्वादिलो लाग्दैन । धेरैले भन्छन्, केचप फाइदाजक हुन्छ । केचपमा गोलभेंडाको अधिक प्रयोग हुन्छ । त्यही कारण हामीलाई लाग्छ, गोलभेंडाबाट तयार भएकाले केचप खान ठीक हुन्छ । तर, अधिक मात्रामा केचप सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ, खासगरी बच्चाका लागि ।

भनिन्छ, लामो समयसम्म केचप प्रयोग गर्दा त्यसले स्वास्थ्यमा निकै गंभिर समस्या निम्त्याउँछ । कसरी ?

चिनीको मात्रा

केचअपमा २५ प्रतिशत चिनी हुन्छ । केचअपको स्वाद त मीठो हुन्छ तर, त्यसमा चिनीको मात्रा धेरै हुन्छ । यसको सेवनले शरीरमा चिनीको मात्रा बढ्छ । किनभने अन्य स्रोतबाट पनि हामी चिनी प्राप्त गरिरहेका हुन्छौ । त्यसैले कमर्शियल केचअप एकदमै कम मात्रामा सेवन गुर्नपर्छ ।

बच्चामा केचपको लत

अक्सर बच्चा केच पभनेपछि हुरुक्कै हुन्छन् । उनीहरुमा केचपको लत नै लाग्छ । यसरी बच्चाको जिब्रोमा केचपको स्वाद बसेपछि त्यो छुटाउन गाह्रो हुन्छ । जबकी यसलाई नियन्त्रित मात्रामा सेवन गराइएन भने स्वास्थ्यमा हानी गर्छ ।

सोडियमको मात्रा

केचअपमा सोडियममो मात्रा एकदमै बढी हुन्छ । हामीलाई अन्य स्रोतबाट पनि सोडियम प्राप्त भइरहेको हुन्छ । केचअपले अतिरिक्त सोडियमको मात्रा बढाउँछ ।

मोटोपन बढाउँछ

केचपममा फ्रुक्टोस  कर्न सिरपको मात्रा बढी हुन्छ । यसले मोटोपन र मधुमेहको खतरा निम्त्याउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment