Comments Add Comment

फिफा वरियता क्रममा नेपाल एक स्थान माथि उक्लियो, ब्राजिल शीर्ष स्थानमा

२६ साउन, काठमाडौं । नेपाल फिफाको विश्व वरियतामा एक स्थानमाथि उक्लिएको छ । फिफाले बिहीबार सार्वजनिक गरेको विश्व वरियतामा नेपाल ११७ अंकका साथ १६९ औं स्थानमा छ ।

सार्क देशमा भारत ९७ औं स्थानमा छ । उ एक स्थान तल झरेको हो । माल्दिभ्स १४२ औं स्थानमा छ भने अफगानिस्तान एक स्थान तल झर्दै १५६ औं र भुटान १६५ औं स्थानमा आइपुगेको छ ।

एक स्थानमाथि उक्लिएको बंगलादेश १८९ औं स्थानमा छ भने श्रीलंका १९७, पाकिस्तान २०० औं स्थानमा छ ।

यस्तै ब्राजिल विश्व वरियताको शीर्ष स्थानमा उक्लिएको छ । रुस विश्वकपमा स्थान बनाएको ब्राजिल, जर्मनीलाई पछि पार्दै पहिलो स्थानमा उक्लिएको हो । जर्मनी दोस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment