+
+

सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृतमा शम्भुनाथ

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन २६ गते १३:००


२६ साउन, काठमाडौं । सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृतमा शम्भुनाथ गौतम नियुक्त भएका छन् । बैंकको साउन २५ गते बसेको सञ्चालक समितिको बैठकले गौतमलाई नियुक्त गरेको हो ।

 

सिद्धार्थ बैंकमा दुई महिनादेखि प्रखुम कार्यकारी अधिकृतको पद खाली रहेको थियो । बैंकका यसअघिका कार्यकारी सुरेन्द्र भण्डारी कुमारी बैंकमा गएपछि पद खालि रहदै आएको थियो ।

 

डेपुटी कार्यकारी प्रमुखको रुपमा रहेका गौतमलाई नै प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको हो । गौतमले कृषि बिकास बैंकमा ३० वर्षअघि बैंकिङ करियर सुरु गरेका थिए ।

फोटो स्रोत :  स्पटलाइट, लिभिङ डलकम डट एनपीबाट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?