+
+

बाजुरामा कांग्रेसका संगठन विभाग प्रमुखसहित २८ जनाको राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन २६ गते १९:५३

२६ साउन, बाजुरा । नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाजुराका सदस्य एवंम संगठन विभाग प्रमुख धनराज पण्डितसहित २८ जनाले बिहीबार पदबाट सामूहिक राजीनामा दिएका छन् ।

उनीहरुले संगठन विभाग प्रमुख पण्डितको नेतृत्वमा पार्टी सभापति कविराज पण्डित समक्ष सामूहिक राजीनामा दिएका हुन् ।

स्थानीय तह चुनावमा कांग्रेस बाजुराका माथिल्लो तहका नेताको मनोमानीमा टिकट वितरण गरिएको र पार्टी नीति विचार भन्दा पनि ब्यक्तिवादी चरित्र हावी रहेको भन्दै उनीहरुले पदबाट राजीनामा दिएको बताएका छन् ।

नेपाली काँग्रेस महाधिबेशन प्रतिनिधि राधिका सिंह, ५ जना जिल्ला कार्यसमिति सदस्य, नेविसंघका अध्यक्ष दिलवहादुर थापा,महिला संघका अध्यक्ष अमृता सिंह, तरुणदल सचिव हिरेन्द्र रोकाया, बडिमालिका नगरकार्यसमितिका कार्यवहाक सभापति धनलाल उपाध्याय लगायतकाले पदबाट राजीनामा दिएका हुन् ।

जीतको उन्मादमा पार्टीका नेताहरुले कांग्रेस भातृ संगठन,सुभेच्छुक संगठन र जिल्ला कार्यसमितिको बैठकसम्म नबोलाएर आफू अनुकुलका मान्छेलाई टिकट दिएको आरोप उनीहरुले लगाएका छन् ।

गाउँ तथा नगरपालिकाबाट सिफारिस भएर आएका व्यक्तिलाई टिकट नदिएको तर नेताका गोजीका मान्छेलाई टिकट दिएकाले पदवाट राजीनामा दिएको तरुणदलका जिल्ला सचिव हिरेन्द्र रोकायाले बताए । ‘हामी पार्टीको क्रियाशील सदस्य रहिरहन्छौं तर,पदमा बस्दैनौं,’ नगरसचिव गणेश थापाले भने,’नेताहरुले जबसम्म पार्टी पद्धती अनुसार चल्दैनन् तबसम्म हाम्रो दबाब जारी रहेनेछ ।’

रमित विकको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?