Comments Add Comment

जिल्ला शिक्षा कार्यालय रौतहटका सब-इन्जिनियर घुससहित पक्राउ

ललनकुमार सिंह

२७ साउन, रौतहट । जिल्ला शिक्षा कार्यालय रौतहटका सब-इन्जिनियर ललन कुमार सिंह सेवाग्राहीसँग घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका छन् ।

पूर्व प्रधानाध्यापकसँग घुस बापतको ३५ हजार रुपैयाँ लिँदै गरेको अवस्थामा गौरको विपी चोकमा रहेको एक चिया पसलबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालयको टोलीले सिंहलाई पक्राउ गरेको हो ।

श्री माध्यमिक विद्यालय माधोपुरको भवन निर्माणको तेश्रो किस्ता बापतको रकम निकासा गराइदिनका लागि सब-इन्जिनियर सिंहले विद्यालयका पूर्व प्रधानाध्यापक राम उदर यादवसँग रकम माग गरेका थिए । आफै पनि तारेखमा रहेका राम उदर यादवले अख्तियारका कर्मचारीलाई शिक्षा कार्यालयका सब-इन्जिनियरले दुई वर्ष अघिको रकम फर्छ्यौट निकासाका लागि रकम मागेको उजुरी गरेका थिए ।

पक्राउ परेका सिंहलाई आवश्यक अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रिय कार्यालय हेटौडामा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment