Comments Add Comment

डा. केसीसँग सहमति हुन सकेन, अनसन कायमै

२७ साउन, काठमाडौं । संसदीय समितिले चिकित्सा शिक्षा विधेयक पास गरेपनि डा. गोविन्द केसीको आमरण अनसन तोड्ने प्रयास असफल भएको छ ।

डा. केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच भएको कुराकानी सहमतिमा पुग्न सकेन । डा. केसीका प्रतिनिधिले विधेयक माथेमा आयोगको प्रतिवेदन अनुसार नभएको बताएका छन् । साथै विधेयक पास भएपछि कार्यान्वयन हुने सुनिश्चिता खोजेको एक अधिकारीले बताए ।

स्रोतका अनुसार मुख्य विवाद भने सहायक डीन नियुक्तिमा देखिएको छ । आईओएमका डिनले सिफारिस गरेका सहायक डिनहरुको नियुक्ति हुन सकेको छैन ।

तर, डा. केसीले सबै विषयमा सहमति नभएसम्म अनसन नतोड्ने अडान लिएका छन् ।

डा. केसीको प्रतिनिधिका रुपमा वार्तामा सहभागी योगेन्द्र सिंहले एक चरण छलफल भएपनि सहमति हुन बाँकी रहेको अनलाइनखबरलाई बताए । उनले भने, हामी विधेयक हेर्दैछौं । त्यसपछि डा. केसीसँग छलफल गर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment