Comments Add Comment

बबईको बाढीले तुलसीपुर डुबानमा, घोराहीसँग यातायात सम्पर्क बिच्छेद


२८ साउन, तुलसीपुर । दाङको बबई नदीमा आएको बाढीले तुलसीपुर उपमहानगरपालिकाका केही बस्ती डुबानमा परेका छन् । साथै जिल्ला सदरमुकाम घोराहीसँग तुलसीपुरको यातायात सम्पर्क बिच्छेद भएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ को बखरिया, गोल्टाकुरीको कलम खोला, मोतिपुर, बाँकी गाउँ लगायतका स्थानमा बबई नदीको बाढी पसेको छ । बाढी प्रभावित क्षेत्रका बासिन्दालाई उद्धार गरेर सुरक्षित स्थानमा सारिएको तुलसीपुर प्रहरीले जनाएको छ ।

बबई नदीमा पानीको सतह अझै बढ्न सक्ने भएकाले सतर्क रहन जिल्ला प्रशासन कार्यालय दाङले स्थानीयबासीलाई आग्रह गरेको छ । ०७१ साउन २९ गते पनि बबई नदीको बाढीले बस्ती डुबानमा परेको थियो ।

बाढीले कल्भर्टसँगै सडक बगायो

यसैबीच घोराही–तुलसीपुर सडक खण्डको हात्ती खौवा र मोतिपुर बीचमा पर्ने खोलामा आएको बाढीले कल्भर्ट बगाएको छ । कल्भर्टसँगै बाटो बगाएकाले तुलसीपुर घोराही आवत जावत गर्ने गाडी र तिनमा सवार यात्रुहरु अलपत्र परेका छन् ।

गएराति साढे एक बजेदेखि यातायात ठप्प भएको प्रहरीेले जनाएको छ ।

अबिरल वर्षापछि आएको बाढीले घोराही तुलसीपुर सडकखण्डमा पर्ने खोलाहरुमा आएको बाढीले गाडी चल्न सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment