Comments Add Comment

बाढी प्रभावितलाई दीपकको १ लाख, दीपा र प्रियंकाको ५१-५१ हजार सहयोग

शुक्रबार रातीदेखि परेको अविरल बर्षाका कारण देशभरका अधिकांश भाग डुबानमा परेका छन् । यसले नागरिकहरुमा प्रत्यक्ष प्रभाव परेको छ । धेरैले घरवार गुमाएका छन् भने अधिकांशकको घरमा पानी पसेको छ ।

देशका अधिकांश भाग बाढीबाट प्रभावित भएपछि जनताको सहयोगमा चलचित्रकर्मी पनि अगाडि सरेका छन् । हाँस्य कलाकार एवं निर्माता दीपकराज गिरीले नगद १ लाख सहयोग गर्ने घोषणा गरेका छन् । उनले, फेसबुकमा सक्रिय ‘एमआरआर’ ग्रुपको माध्यमबाट नगद १ लाख सहयोग गर्न लागेको वुझिएको छ । यस्तै, हाँस्य कलाकार तथा निर्देशक दीपाश्री निरौलाले पनि ‘मोरङ समाज’को माध्यमबाट नगद ५१ हजार सहयोग गरेकी छिन् ।

उनले भनिन्-‘अहिले तत्काल गासको आवश्यकता देखियो । बाढीले प्रभावित बनाउँदा अधिकांश जनताको घरमा चुल्हो बाल्ने पनि ठाउँ छैन । सरकारले दिर्घकालिन राहतको योजना ल्याउला । तर, तत्काल हामीले आ-आफ्नो ठाउँबाट सहयोग गरेर नागरिकको ज्यानको सुरक्षा गर्नुपर्ने अवस्था छ ।’

यस्तै, नायिका प्रियंका कार्कीले पनि नगद ५१ हजार सहयोग गर्ने बताएकी छिन् । यी तिनै कलाकारले व्यक्तिगत रुपमा सहयोग गरेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment