Comments Add Comment

बाढीको असर विद्युतमाः पूर्वी नेपाल अन्धकार, मध्यमाञ्चल पनि प्रभावित

२९ साउन काठमाडौं । लगातारको बर्षातका कारण आएको बाढी-पहिरोले गर्दा पूर्वका सबै जिल्लामा विद्युत आपूर्ति ठप्प भएको छ । मध्यमाञ्चलका पनि अधिकांश जिल्लामा विद्युत हुन नसकेको नेपाल विद्युत प्राधिकरणले प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार बाढीका कारण झापास्थित दमक-गोधक खण्डको १३२ केभीको लाइनअन्तर्गत चुलाचुलीमा रहेको टावर नं. १७ ढलेको छ । हेटौंडा सवस्टेसन अन्तर्गतको हेटौंडा सिमेन्ट नजिक ६६ केभीको टावर पल्टिन लागेकाले औद्योगिक फिडर सर्किट नम्बर १ र २ बन्द गरिएकोे छ ।

साथै दुहवी सबस्टेसन, दमक सबस्टेसन र अनारमनी सबस्टेसन जलमग्न भएको हुँदा २७ गते बिहानबाट बन्द गरिएको छ । चपुर-पथलैया १३२ के.भी. सर्किट नम्बर २ पनि २७ गते रातिदेखि सञ्चालनमा छैन ।

बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ढल्केबर-चपुर १३२ केभी सर्किट नम्बर १ पनि २७ गतेदेखि बन्द भएको बताए । बालाजु-त्रिशुली ६६ केभी सर्किट नम्बर १ र २, पनि २७ गते रातिबाट सञ्चालनमा आउन सकेको छैन ।

खपत न्युन भएपछि भारतबाट आयात घट्यो

प्रसारणमा समस्या देखिएपछि विद्युतको खपत पनि तराईमा घटेको छ, जसका कारण भारतबाट ल्याउने विद्युतमा समेत कमि ल्याएको प्राधिकरणले जनाएको छ ।

विद्युत प्राधिकरणका अनुसार ढल्केबर-मुजफ्फरपुरबाट लिनुपर्ने १०० मेगावाटमध्ये ७ देखि ३३ मेगावाट मात्र आयात भइरहेको छ । साथै विहार र टनकपुरबाट हुने आयात बन्द गरिएको छ ।

देशका आयोजनाको उत्पादन घट्यो

धेरै सवस्टेशन तथा फिडर बन्द अवस्थामा रहेको हुँदा जलविद्युत गृहको क्षमताभन्दा निकै कम उत्पादन भइरहेको छ ।

१ सय ४४ मेगावाटको कालीगण्डकी ए बाट एक सय मेगावाट, ७० मेगावाटको मध्यमर्स्याङ्दीबाट २५ मेगावाट र ६९ मेगावाटको मस्र्याङ्दीबाट ३२ मेगावाट मात्रै बिद्युत उत्पादन भइरहेको छ ।

बालाजु त्रिशुली ६६ केभी सर्किट टि्रपिङ भएकाले चिलिमेबाट ७, त्रिशुलीबाट र देबिघाटबाट ५ मेगावाट मात्र उत्पादन भइरहेको छ । साथै गन्डक पावरहाउस बाढीको कारणले आइतबार विहानदेखि बन्द रहेको छ ।

यस्तो छ खपतको अवस्था

लहान सवस्टेशनअन्तरगत रुपनिर लोकल फिडरबाहेक सम्पूर्ण ३३ के.भी. तथा ११ के.भी. प्रशारणलाइन बन्द रहेका छन् । जसअन्तर्गत ३६ मेगावाट लोडमध्ये २ मेगावाट मात्रै खपत भैरहेको घिसिङले जानकारी दिए ।

ढल्केबर सवस्टेशन अन्तर्गतको जनकपुर फिडर बाहेक सम्पूर्ण फिडर बन्द रहेको छ भने ३५ मेगावाट लोडमध्ये १ मेगावाट मात्रै खपत भैरहेको छ ।

प्राधिकरणका अनुसार गौर नजिक ३३ के.भी. फिडरको २ थान पोल बाढीले बगाएको छ । परवानीपुर सब स्टेशन अन्तर्गत गण्डक र हिमाल फिडरहरुमा पनि समस्या देखिएको छ ।

जमिनदेखि १ मिटरमाथि पानी आएको हुँदा सिमरा सवस्टेशन २८ गते राति १२ बजेबाट बन्द गरिएको प्राधिकरणले जानकारी दिएको छ । हेटौडा सबस्टेशन अन्तर्गतको लोकल फिडर बाहेक अन्य कुनै पनि फिडर चालु नरहेको कारण १२ मेगावाटमध्ये २ मेगावाट मात्रै खपत भइरहेको छ ।

शिवपुर सवस्टेशन अन्तर्गत ११ के.भी. शिवपुर फिडर र बहादुरगंज फिडर बन्द अवस्थामा रहेको छ । कोहलपुर सवस्टेशन अन्तर्गत राजा फिडर बाहेक सम्पूर्ण बन्द अवस्थामा रहेकाले ४० मेगावटमा २ मेगावाट मात्रै प्रयोग भइरहेको प्राधिकरणले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment