Comments Add Comment

कुबेतबाट शुरु भयो सहयोग अभियान, ५१ हजार दिने तामाङको घोषणा

बाढी पहिरोका कारण नेपालमा भएको मानवीय र धनजनको क्षति प्रति दुख व्यक्त गर्दै एनआरएनए कुबेतले आर्थिक सहयोग अभियान घोषणा गरेको छ ।

साथै एनआरएनए कुवेतले आर्थिक संकलन अभियान चलाउने घोषणा गरेसँगै एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले ५१ हजार नेपाली रुपैयाँ आर्थिक सहयोगको घोषणा गरे । यस्तै एनआरएनआरएनए एनसीसी कुवेतको राहात तथा उद्धार कोषबाट समेत १ लाख रुपैयाँ सहयोग गरिने एनआरएनए कुबेतले जनाएको छ ।

एनआरएनका केन्द्रीय अध्यक्ष शेष घलेले व्याक्तिगत रुपमा एक करोड रुपैयाँ घोषणा गरेसँगै एनआरएनले विश्वव्यापी अभियान चलाएको र कुवेतलाई पनि सोही अनुसार सहयोगका लागि राहात संकलनमा जुट्न
आहृवान गरेको छ ।

चार संस्थाले पनि अभियान चलाउने

बाढीपीडितको लागि आर्थिक सहयोग गर्न कुवेतका अन्य चार संस्था किरात राई यायोक्खा कुवेत, खोटाङ कुवेत सम्पर्क मञ्च, भोजपुर सेवा समाज कुवेत र मोरङ सुनसरी सेवा समाज कुवेतले संयुक्त रुपमा राहत सहयोग अभियान संचालन गर्ने निर्णय गरेका छन् ।

चाररवटै संस्थाका अध्यक्षहरुको आपतकालीन बैठकबाट निर्णय गरी मन्जित राईको बाढी पीडित राहत सहयोग अभियान समिति गठन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment