+
+

चितवन बाढीः मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

१ जना बेपत्ता, २१ घर क्षतिग्रस्त

रासस रासस
२०७४ साउन ३० गते १०:५०

३० साउन, चितवन । अविरल वर्षापछि यहाँ आएको बाढीका कारण तीन जनाको मृत्यु भएको छ । बाढीले बगाएर एक जना बेपत्ता भएका छन् भने २१ घरमा पूर्ण रुपमा क्षति पुगेको छ ।

बाढीले बगाएर मृत्यु हुनेमा राप्ती नगरपालिका–८ की ४२ वर्षीया गोमनकुमारी रानामगर, इच्छाकामना गाउँपालिका–३ का २४ वर्षीय कमलबहादुर प्रजा र राप्ती नगरपालिका–८ बस्ने ७७ वर्षीया फूलमती चेपाङ् रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

रानामगरलाई पम्फा खोलाको बाढीले बगाएर, फूलमतीको घर ढलेपछि थिचेर र कमलबहादुरको स्थानीय बारवाङ् खोलाले बगाएर मृत्यु भएको हो ।

यस्तै, माडी नगरपालिका–७ की कमला नेपाली घाइते भएकी छन् । उनी आफ्नै घरले थिचेर घाइते भएकी हुन् । घाइते नेपालीको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, एकजना बेपत्ता छन् । राप्ती नगरपालिकाका ५५ वर्षीय रणबहादुर चेपाङ बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार बाढीको जोखिममा रहेका दुई हजार ९५७ जनाको उद्धार गरिएको छ । उनका अनुसार बाढीमा परी २१ घर पूर्ण रुपमा क्षति भएको छ भने एक हजार ५३४ घर डुबानमा परेका थिए । शुक्रबार रातिदेखि परेको अविरल वर्षासँगै राप्ती, बूढीराप्ती, रिउ, कयर, लदरी लगायतका खोलामा आएको बाढीले जनधनको क्षति बनाएको हो ।

 

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?