Comments Add Comment

बाढीले झापामा झण्डै १९ सय परिवार विस्थापित


३० साउन, झापा । लगातारको वर्षापछि आएको बाढीले झापामा झण्डै १९ सय परिवार विस्थापित भएका छन् ।

सोमबार भने पानी रोकिएको छ । दिउँसो घाम समेत लागेकाले केही राहत महसुस भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बाढीका कारण मृत्यु हुनेको संख्या १० पुगेको छ । २ जना अझै वेपत्ता छन् ।

बाढीले १ हजार ९५२ परिवार प्रभावित भएका छन् । उनीहरु मध्ये १ हजार ८७२ परिवार विस्थापित भएको झापा प्रहरीका प्रवक्ता हरि शर्माले बताए ।

उनका अनुसार बाढीले ११ घर पूर्ण रुपमा क्षति भएको छ भने १८६१ घरमा आंशिक क्षति पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment