Comments Add Comment

मेयर कप फुटसल हुने

३१ साउन, काठमाडौं । नेकपा एमाले निकट युवा संघ, काठमाडौं महानगरपालिका वडा नम्बर २५ र २७ को संयुक्त आयोजनामा अन्तर वडा फुटसल प्रतियोगिता हुने भएको छ ।

मेयर कप फुटसल नाम दिइएको प्रतियोगिता भदौ १० देखि १७ गतेसम्म चल्ने र प्रतियोगिताका सबै खेलहरु नेपा फुटसल एण्ड रिक्रेसन प्रालि बनस्थली चःमतीमा आयोजना हुने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

प्रतियोगिताका लागि काठमाडौं महानगरका ३२ वटै वडामा पत्राचार गरिसकिएको र त्यसमध्ये १८ वडाका टोली दर्ता भइसकेको युवा संघ २५ र २७ नम्बर वडा कमिटीले जनाएको छ ।

प्रतियोगिताको बिजेताले १ लाख र उपबिजेताले ५० हजार पुरस्कार पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment