Comments Add Comment

ओखलढुंगा समन्वय समितिमा श्रेष्ठ र कट्वालको उम्मेदवारी

उपप्रमुख र दलित अल्पसंख्यक सदस्यमा कांग्रेस उम्मेदवार निर्विरोध


३१ साउन, ओखलढुंगा । जिल्ला समन्वय समिति ओखलढुंगाको प्रमुखमा नेपाली कांग्रेस र नेकपा एमालेले उम्मेवारी दर्ता गरेका छन् । कांग्रेसले नेता जयबहादुर श्रेष्ठलाई प्रमुख पदको उम्मेदवार बनाएको छ । त्यस्तै उपप्रमुखमा दिलकुमारी खतिवडाको उम्मेदवारी दर्ता भएको छ ।

नेकपा एमालेले प्रमुखसहित दुई सदस्यको उम्मेदवारी दर्ता गरेको छ । प्रमुखमा युवा नेता प्रकाश कट्वालको उम्मेदवारी दर्ता भएको एमालेले जनाएको छ । त्यस्तै सदस्यमा दुई जनाको मात्र उम्मेदवारी दर्ता भएको छ ।

उपप्रमुख र दलित अल्पसंख्यक सदस्यमा उम्मेदवारी कांग्रेसको मात्र दर्ता भएको छ । उपप्रमुखमा दिलकुमारी खतिवडा र दलित अल्पसंख्यक सदस्य होमबहादुर विक सर्वसम्मत भएका छन् ।

नेपाली कांग्रेसले सदस्यहरुमा शुन्तला परियार, विजय लामा, ओमकुमारी दाहाल, सिता सार्की र रामचन्द्र बोगटीलाई उम्मेदवार बनाएको छ । एमालेले खोटनाथ चौलागाइँ र रजनी परियारलाई सदस्यमा उठाएको छ ।

ओखलढुंगा जिल्ला समन्वय समितिमा नेपाली कांग्रेसको ९ र एमालेको ७ मत छ । नेकपा माओवादी केन्द्रको एक मत मात्र छ । माओवादी केन्द्रले उम्मेदवारी दर्ता गरेको छैन ।
प्रमुख र उपप्रमुखले मात्र मतदान गर्न पाउने भएकाले ती पदको हिसावले समन्वय समितिमा कांग्रेसले सहजै जित हात पार्ने देखिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment