Comments Add Comment

बाढी पीडितको सहयोगमा नेपाल घरेलु उद्योग महासंघले सक्रिय बनायो स्थानीय संघ

साउन ३१, काठमाडौं । विगत केही दिनदेखिको लगातारको अविरल वर्षाका कारणले मुलुकका विभिन्न भाग विशेष गरी तराई क्षेत्रमा देखिएको विपदलाई सहयोग गर्न नेपाल घरेलु तथा साना उद्योग महासंघले जिल्ला शाखा तथा प्रदेश संघहरुलाई सक्रिय बनाएको छ ।

यसै सन्दर्भमा महासंघका जिल्ला शाखा तथा प्रदेश संघहरुले सम्बन्धित जिल्लाका बाढी पिडितहरुको उद्धारमा सहयोग पुर्याउन र घाइतेहरुको उपचार तथा विस्थापितहरुको पुर्नस्थापनामा आफ्नो तर्फबाट सक्दो सहयोग पुर्याउन निर्देशन दिएको महासचिव डम्वर प्रसाद रेग्मीले बताए ।

जिल्लाका सम्बन्धित लघु, घरेलु तथा साना उद्यमीहरुलाई पिडितहरुका लागि सक्दो सहयोग गर्न आग्रह पनि महासंघले गरेको छ ।

लगातारको अविरल वर्षाका कारणले मुलुकका विभिन्न भाग विशेष गरी तराई क्षेत्रमा बाढी, पहिरो र डुवानमा परी सयौंको ज्यान गएको, हजारौं घर पूर्ण क्षति तथा डुवानमा परेको, कैयौं व्यक्ति घाइते भएका र हजारौं घरपरिवार विस्थापित हुन गएको प्रति महासंघले गहिरो चिन्ता पनि व्यक्त गरेको छ ।

महासंघले यस दुःखद घडीमा बाढी, पहिरो तथा डुवानमा परी मृत्यु हुनेहरुको आत्माको चीर शान्तिका लागि हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै मृतकका आफन्तहरुप्रति सहानुभूति प्रकट गरेको छ ।

साथै घाइतेहरुको यथोचित उपचारको प्रबन्ध गर्न र विस्थापितहरुका लागि तत्काल राहत तथा बसोवासको व्यवस्था गर्न सम्बन्धित निकायलाई महासंघ अनुरोध गरेको छ ।

बाढी पहिरोका कारण राजमार्गहरु बन्द भई यातायातका साधन चल्न नसकेकोले राहतका सामग्री ओसारपसार गर्न कठिनाई उत्पन्न भएको हुँदा बन्द भएका राजमार्गहरु अविलम्व सुचारु गर्न पनि महासंघले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment