Comments Add Comment

पत्रपत्रिकाका फ्रन्टपेजः बाढीपीडितको बेहाल, न खाद्यान्न, न अत्यावश्यक औषधि

३२ साउन, काठमाडौं । बाढीबाट विस्थापित बस्तीका बालबालिका तथा वृद्धवृद्धा बिरामी पर्न थालेका छन् । कतै औषधिको अभाव देखिएको त कतै खाद्यान्नका लागि कोलाहल मच्चिएको आजका पत्रपत्रिकाहरुले खबर लेखेका छन् ।

आजका पत्रपत्रिकाहरुले डा. गोविन्द केसीको अनशन स्थगित भएको, बाढी तथा पहिरोमा परी मृत्यु हुनेको संख्या १२३ पुगेकोलगायत खबरलाई प्राथमिकताका साथ छापेका छन् । केही पत्रिकाहरुले तराई डुबानको कारण र यसको दीर्घकालीन समाधानबारे समेत लेखेका छन् ।पत्रपत्रिकाको प्राथमिकतामा नेपाल र चीनबीच भएको तीन बुँदे समझदारी पनि परेको छ ।

नयाँ पत्रिका दैनिकले आज ‘बाँधले बाधिएको देश’ शीर्षक दिएर भारतले नेपालमा बनाएको बाँधको इतिवृतान्त छापेको छ । नयाँ पत्रिका दैनिकले भारतले एकतर्फी रुपमा १५ बाँध बनाएको र सप्तकोसी बाँधको आयु अझै एक सय ४७ वर्ष बाँकी रहेको लेखेको छ । नयाँ पत्रिकामै डा. गोविन्द केसीले ५५४ घन्टापछि अनशन स्थगित गरेको, चीनको राष्ट्रपति सी जीनपीङले नेपालको स्थिरता चाहेको लगायत खबर लेखेको छ ।

नेपाल र चीनबीच तीन महत्त्वपूर्ण सम्झौता भएको विषयलाई गोरखापत्र दैनिकले मुख्य समाचार बनाएर लेखेको छ । निर्वाचन मिति तोक्न निर्वाचन आयोगले गरेको आग्रहलाई पनि गोरखापत्रले पहिलो पृष्ठमा स्थान दिएर प्रकाशित गरेको छ ।

कान्तिपुर दैनिकले डा. गोविन्द केसीको अनशन स्थगित भएको खबरलाई प्राथमिकताका साथ छापेको छ । चीनसँग ३ महत्त्वपूर्ण सम्झौता भएको, बाढीमा मृत्यु हुनेको संख्या १ सय २३ पुगेको लगायत समाचार कान्तिपुर दैनिकको पहिलो पृष्ठमा अटाएका छन् ।

नागरिक दैनिकले बाढीपीडितको पीडालाई छापेको छ । अन्नपूर्ण पोस्ट दैनिकले सप्तरीका ३ हजार विस्थापितको बेहाल भएको लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment