+
+
Shares

महोत्तरीमा बाढीबाट ज्यान गुमाउनेको संख्या पाँच पुग्यो

रासस रासस
२०७४ भदौ १ गते ११:१७

१ भदौ, महोत्तरी । महोत्तरीमा अहिलेसम्म बाढीमा परी पाँच जनाको मृत्यु भएको छ ।

बुधबार मनरा गाउँपालिकामा ५० वर्षीय एक पुरुषको शव फेला परेसँगै बाढीमा परी मृत्यु हुनेको संख्या पाँच पुगेको हो । सो पुरुषको शव अहिलेसम्म सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

यसभन्दा अगाडि जिल्लाको भंगहा गाउँपालिका–७ मा बाढीको पानीमा करेन्ट लागेर अन्दाजी ४० वर्षीय महेश सिंह, धनुषा घर भई जलेश्वर–८ बजराहीमा छोरीको घर आएका ६५ वर्षीय शिव महरा, लोहारपट्टी–१ मा बाढीमा बेपत्ता भएका इन्दल महरा र जलेश्वर–२ खैराचोकका १५ वर्षीय विक्कीकुमार ठाकुरको मृत्यु भइसकेको छ ।

त्यस्तै, बाढीमा बगेर बेपत्ता भएका थप एकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । महोत्तरीमा बाढी आएपछि सयौं घर पूर्ण क्षतिग्रस्त भएको प्रहरीको प्रारम्भिक तथ्यांकले देखाएको छ ।

क्षतिबारे विवरण संकलन गर्न खटिएको प्रहरीको पहिलो दिनको युनिटले महोत्तरीमा हालसम्म ५६८ घर पूर्ण क्षतिग्रस्त भएकोे जनाएको छ । त्यस्तै, ३८२ घरमा आंशिक क्षति पुगेको प्रहरीको प्रारम्भिक तथ्यांक छ । तथ्यांक संकलन कार्य विभिन्न युनिटले द्रुतगतिमा गरिरहेकाले एक दुई दिनभित्र नै महोत्तरीमा बाढीपीडितको पूर्ण विवरण संकलन भइसक्ने महोत्तरीका प्रहरी उपरीक्षक कुवेर कडायतले बताए ।

महोत्तरीमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले विभिन्न युनिट बनाई जिल्लाका बाढी प्रभावित क्षेत्रमा बचाउ र उद्धार कार्य गरिरहेको दैवी प्रकोप उद्धार समितिले जनाएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?