+

राष्ट्रिय पौडीमा गौरीकाको अर्को कीर्तिमान

२०७४ भदौ  १ गते ११:३५ २०७४ भदौ १ गते ११:३५
राष्ट्रिय पौडीमा गौरीकाको अर्को कीर्तिमान

१ भदौ, काठमाडौं । काठमाडौंमा आजदेखि सुरु राष्ट्रिय पौडी प्रतियोगितामा ओलम्पियन पौडीवाज गौरीका सिंहले नयाँ राष्ट्रिय किर्तीमान बनाएकी छन ।

बिहीबार बिहान सम्पन्न भएको ५० मिटर बटरफ्लाइ स्पर्धामा गौरीकाले नयाँ किर्तीमान बनाएकी हुन ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय पौडी पोखरीमा भएको ५० मिटर बटरफ्लाइको हिट चरणमा गौरीकाले २९.०४ सेकेण्डमा निर्धारित दूरी पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।

यसअघि यो कीर्तिमान अर्की जलपरी शोफिया शाहको नाममा थियो । उनले सातौं राष्ट्रिय खेलकुदमा ३२.०६ सेकेण्डको टाइमिङ निकालेकी थिइन् ।

नेपाल पौडी संघको आयोजनामा बिहीबारदेखि सुरु भएको प्रतियोगितामा गौरीकाले पाँच वटा स्पर्धामा भाग लिएकी छन् । २९ स्पर्धामा खेलाइएको प्रतियोगितामा १४४ खेलाडीको सहभागिता छ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय