Comments Add Comment

काठमाडौं प्रहरीको जिम्मा कार्कीलाई, ललितपुरमा बोगटी

डीएसपीको पदस्थापन र सरुवा

१ भदौ, काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुखको जिम्मेवारी एसएसपी प्रद्युम्न कार्कीलाई दिइएको छ ।

सोही परिसरमा एसपी रहेका कार्की हालै एसएसपी बढुवा भएका थिए । प्रहरीमा निर्भिक अधिकृतका रुपमा चिनिन्छन्, उनी । परिसर प्रमुख रहेका छविलाल जोशी डीआईजीमा बढुवा भएर पनि एसएसपीकै स्थानमा बस्न बाध्य थिए । उनलाई प्रधान कार्यालयमा काजमा खटाइएको छ ।

एसएसपी कार्कीलाई तत्कालका लागि परिसर प्रमुखको जिम्मेवारी दिइएको प्रहरी प्रवक्ता डीआईजी पुष्कर कार्कीले जानकारी दिए ।

यस्तै, डीआईजी बढुवा भएर पनि ललितपुर परिसरमै थन्किएका ठूले राईलाई पनि प्रधान कार्यालयमा काजमा खटाइएको छ । उनको ठाउँमा सोही परिसरमा एसपी रहेका देवबहादुर बोगटीलाई निमित्त प्रमुखको जिम्मा दिइएको छ ।

डीआईजीद्वय जोशी र राई दुवैलाई प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा बिहीबारदेखि काजमा हाजिर गराइएको छ ।

यसैबीच, हालै निरीक्षकबाट नायब उपरीक्षक (डीएसपी)मा बढुवा भएका ९३ जनाको पदस्थापन गरिएको छ । उनीहरुलाई विभिन्न एकाइमा सहायक तथा शाखा प्रमुख बनाइएको छ ।

यस्तै, विभिन्न एकाइका प्रमुख, सहायक र शाखा प्रमुखको जिम्मेवारी निर्वाह गर्दै आएका एक सय ९० जना डीएसपीहरुको एकसाथ सरुवा गरिएको छ । प्रहरी वृत्त, बौद्धमा अच्युतम पुडासैनी, गौशालामा अनुपम श्रेष्ठ, सिंहदरबारमा अपिलराज बोहरा, चापागाउँमा आभुषण तिमिल्सिना र लैनचौरमा दिपक पोखरेल आएका छन् ।

पदस्थापनको सूची

सरूवा सूची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment