+
+

रैनादेवी छहरा गापाको बजेट ३९ करोड ५५ लाख

रासस रासस
२०७४ भदौ २ गते १०:५६

२ भदौ, पाल्पा। रैनादेवी छहरा गाउँपालिकाले यस आवमा रु ३९ करोड ५५ लाख ४२ हजारको बजेट विनियोजन गरेको छ ।
‘शिक्षा, स्वास्थ्य, रोजगार र पर्यटनसहितको पूर्वाधार उज्यालो रैनादेवी छहरा हाम्रो आधार’ भन्ने नारासहित रैनादेवी छहरा गापाको छ दिनसम्म चलेको प्रथम गाउँ सभाबाट पारित गरिएका बजेट, नीति तथा कार्यक्रम गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले पत्रकार सम्मेलनको आयोजना गरी विहिबार सार्वजनिक गरिएको हो ।

यस आव २०७४/७५ मा केन्द्रीय अनुदानबाट रु ३३ करोड ५५ लाख ४२ हजार र आन्तरिक स्रोत एवं राजस्व बाँडफाँडबाट रु ३० लाख, गाउँपालिकाको बाँकी रहने रकम रु ७० लाख र सामाजिक सुरक्षा भत्ता रु पाँच करोड गरी ३९ करोड ५५ लाख ४२ हजारको बजेट विनियोजन गरिएको कार्कीले बताए ।

खर्चतर्फ कार्यक्रम तथा पूँजीगतमा  १५ करोड ७३ लाख ८२ हजार ५०० र चालु तथा प्रशासनिकतर्फ तीन करोड ९७ लाख ४७ हजार ५०० सामाजिक सुरक्षातर्फ पाँच करोड र सशर्त अनुदान  १४ करोड ८४ लाख १२ हजार गरी जम्मा  ३९ करोड ५५ लाख ४२ हजार नै खर्च हुने अनुमान गरिएको अध्यक्ष कार्कीले जानकारी दिए ।

सोमध्ये कार्यक्रम तथा पूँजीगततर्फ ३९.७८ प्रतिशत, सशर्त अनुदानतर्फ ३७.५२ प्रतिशत, चालुतर्फ सामाजिक सुरक्षासहितमा २२.६८ प्रतिशत खर्च हुनेछ ।

२३ शीर्षकमा रु १९ करोड 

गाउँपालिकाले वडाभित्रको विकासका लागि २३ शीर्षकमा  १९ करोड ७१ लाख ३० हजार बजेट विनियोजन गरेको छ । गाउँपालिकाभित्रका वडाका सडक निर्माण गरी बाह्रै महिना यातायात सञ्चालनमा ल्याउने लक्ष्यका साथ सडकमा रु चार करोड ७२ लाख ४१ हजार, खानेपानीतर्फ एक करोड ६८ लाख दुई हजार, सिँचाइतर्फ ३७ लाख १५ हजार, विद्युत्मा दुई करोड ५७ लाख ४५ हजार, लक्षित वर्गतर्फ  ८३ लाख २४ हजार, स्वास्थ्यमा  ४४ लाख ८० हजार, शिक्षामा ५९ लाख पाँच हजार, कृषि र पशुपालनमा ४७ लाख ३२ हजार ५०० रकम विनियोजन गरिएको कार्कीले बताए ।

त्यसैगरी, पर्यटनमा  १० लाख, अन्य कोषमा  एक करोड ३५ लाख, भवनमा ६८ लाख ८० हजार पञ्चवर्षीय गुरुयोजना निर्माण रु तीन लाख, न्यायिक समितिमा दुई लाख, पत्रकारिता क्षेत्रको विकासमा रु तीन लाख, सार्वजनिक सुनुवाइ तथा लेखा परीक्षणमा चार लाख, कोल्ड स्टोर सम्भाव्यता अध्ययनका लागि  दुई लाख, हुलाक व्यवस्थापनमा  एक लाख, फोहरमैला व्यवस्थापनमा  पाँच लाख, बसपार्क निर्माणमा  दुई लाख, सवारीसाधन चार पांग्रे र दुई पांग्रे ६७ लाख ५० हजार, कार्यालय व्यवस्थापन वडा र गापामा ५० लाख, अन्य विविध शीर्षकमा  ५२ लाख ०८ हजार बजेट विनियोजन गरिएको अध्यक्ष कार्कीले बताए ।

प्रत्येक वडालाई ५० लाख 

प्रत्येक वडालाई ५० लाख बजेट विनियोजन गरिएको छ । वडामा पनि काम गर्न सहजता ल्याउन ५० लाखसम्मको बजेट विनियोजन गरिएको हो ।

वडामा रु ५० लाखसम्मको योजनाका काम गर्नसक्ने छन् । चार करोड बराबरको बजेट वडाले परिचालन गर्ने छन् । रैनादेवी छहरा गाउँपालिकाभित्र आठ वडा रहेका छन् । कूल १७५/८८ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको यो गाउँपालिकामा २६,४६९ जनसंख्या रहेको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?