Comments Add Comment

बाढी पीडितका लागि विदेशबाट वस्तुगत सहयोग पनि लिने सरकारको निर्णय

२ भदौ, काठमाडौं । सरकारले बाढी पीडितहरुका लागि विदेशबाट आउने नगदसँगै वस्तुगत सहयोग पनि लिने भएको छ ।

मुख्यसचिवको नेृतृत्वमा शुक्रबार बसेको बैठकले वस्तुगत सहयोग पनि लिने निर्णय गरेको हो । तर, यस्तो सहयोग भदौ ३० गतेसम्म डेलिभरी हुनुपर्नेछ र गृह मन्त्रालयले तोकेको स्थानमा हस्तान्तरण गर्नु पर्नेछ ।

यस्तै वस्तुगत सहयोग गर्न चाहने व्यक्ति वा संस्थाले जिल्ला दैवी प्रकोप उद्धार समितिसँग समन्वय गरी समितिले तोकेको प्राथमिकता र क्षेत्रमा सम्वन्धित स्थानीय तहले राहत वितरण गर्न सक्नेछन् । राहत उपलब्ध गराउने व्यक्ति वा संस्था सहभागी हुन पनि पाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment