Comments Add Comment

रियल मड्रिडमा १३ खेलाडीको अनिश्चित भविष्य !

२१ चैत, काठमाडौं । ला लिगामा शीर्ष स्थानको बार्सिलोनाभन्दा १३ अंकले पछि रहेको रियल मड्रिड यो सिजन उपाधिविहीन हुने लगभग निश्चित छ । सिजनमा तीन प्रशिक्षक फेरेको मड्रिडमा खेलाडीहरु पनि अनिश्चित भविष्यमा देखिएका छन् ।

जुलेन लोपेटेगीले राम्रो गर्न नसक्दा ल्याइएका सान्टीयागो सोलारी पनि सिजनभर टिक्न सकेनन् । च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरिनुले मड्रिडमा तरंग नै आयो । जसले गर्दा लगातार तीन पटक च्याम्पियन्स लिग जिताएका प्रशिक्षक जिनेदिने जिदान पुनः मड्रिडमा ल्याइए ।

जिदान आएपछि उनले टिमलाई पुरानै लयमा फर्काउने काम थालिसकेका छन् । बुधबार राति भ्यालेन्सियासँग २–१ ले हारेको मड्रिडमा नयाँ काम गर्नुपर्ने बहस झनै चर्किएको छ ।

मड्रिड व्यवस्थापनले पनि नयाँ सिजन केही नयाँ खेलाडीलाई ल्याउने र पुराना खेलाडी बिदा गर्ने तयारी थालेको छ । यस्तोमा स्पेनिस फुटबलबारे लेख्ने मार्काले रियल मड्रिडमा १३ खेलाडीको भविष्य अनिश्चित रहेको उल्लेख गरेको छ ।

ग्यारेथ बेल

बेलको समय रियल मड्रिडमा सकिएका खबरहरु आइरहेका छन् । प्रशिक्षक जिनेदिने जिदान पनि नयाँ सिजनमा उनलाई बिदा गर्ने पक्षमा नै छन् । बेलका प्रतिनिधिले भने उनी रियल मड्रिडमा नै रहन चाहेको बताइरहेका छन् । खेलाडीको सम्झौता थप्न निकै लागिपर्ने मड्रिड अध्यक्ष फ्लोरेन्टिनो पेरेजले पनि बेलबारे नयाँ केही बताएका छैनन् ।

राफेल भारान

रियल मड्रिडले नयाँ सिजनमा पनि छाड्न नचाहेका खेलाडी हुन् राफेल भारान । तर, उनलाई धेरै क्लबले लगातार नयाँ सम्झौताका लागि बोलाइरहेका छन् । उनले पनि स्पेनको राजधानिमा आफू लामो समय रहनेमा शंका व्यक्त गरिरहेका छन् ।

केलर नाभास

गोलकिपर नाभासको अवस्था पनि भारानको जस्तो नै छ । उनलाई मड्रिडले निकाल्न चाहेको छैन । तर राम्रो अवसरको खोजीमा भने नाभास छन् । मड्रिडमा सबै खेल खेल्न नपाउँदा उनमा देखिएको निराशाले त्यसमा काम गरेको छ ।

लुका जिदान

गोलकिपर लुका जिदान पनि रियल मड्रिडमा बेञ्चमा हुनुपर्दाको पीडामा छन् । उनी नयाँ सिजनमा रियल मड्रिडमा हुँदैनन् भन्ने पक्का नभए पनि नयाँ टिमको खोजीमा छन् । नियमित सेटमा पर्ने पक्का टिम पाएमा उनले मड्रिड छाड्ने छन् ।

जेसस भालेजो

भालेजो अहिले रियल मड्रिडमा चौथो रोजाइँको सेन्टर ब्याक हुन् । उनलाई मड्रिडले लोनमा पठाउने सोचिरहे पनि पूरा सम्झौता गरेरै बिदा हुनसक्ने अवस्था बढीरहेको छ ।

मार्कस लोरेन्टे

लोरेन्टे मिडफिल्डमा राम्रो खेल देखाउन सक्ने क्षमता भएका खेलाडी भए पनि उनको भविष्य जिदानकै हातमा छ । किनभने गएको सिजन जिदानले उनको प्रयोग राम्ररी गरेका थिएनन् । सिजनको अन्त्यमा अरु खेलाडीहरुको आगमन र बर्हिगमनसँगै लोरेन्टेको भविष्य के हुने निक्यौल हुने छ । तर उनी नयाँ अवसरको खोजिमा छन् ।

डानी सेबालस

सेबालसको अवस्था लोरेन्टेको जस्तै छ । उनले पनि जिदानको प्रशिक्षणमा धेरै खेल समय पाएका थिएनन् । उनले आउँदो दुई महिनामा आफूले पाएको मौकामा प्रमाणित गर्नुपर्ने छ ।

इस्को

यो सिजन इस्कोका लागि निकै उतारचढाव रह्यो । पोउल पोग्बा र इडन हजार्ड जस्ता खेलाडी ल्याइने कुराले पनि इस्कोमाथि दबाव बढेको छ । जिदान प्रशिक्षकमा फर्किएपछि उनको टिममा खेल देखाउने समय बढेको भए पनि मड्रिड व्यवस्थापनमा पूर्ण सन्तुष्ट देखिँदैनन् ।

मारियानो

मारियानोलाई क्लबमा ल्याउँदा मड्रिडले ठूलो अपेक्षा गरेको थियो । उनलाई तत्कालका लागि भन्दा भविष्यका लागि तयार पार्ने योजनामा रहेको मड्रिडमा लामो समय बेञ्चमा हुँदा उनमा अन्यौलता भने बढ्ने देखिएको छ ।

मार्सेलो

सिजनको अन्तिममा मार्सेलोको सम्बन्धमा जिदानसँग कुरा गर्ने योजनामा व्यवस्थापन रहेको छ । उनलाई जिदानले मन पराउने भए पनि मैदानमा आफूलाई प्रमाणित गर्नुपर्ने चुनौती भने ठूलो छ । मार्सेलोमाथि युरोपकै अन्य क्लबले आँखा लगाएकाले पनि उनलाई टिकाइराख्ने चुनौती बढेको छ ।

करिम बेन्जेमा

यो सिजन मड्रिडमा कसैले काम गरेको छ भने त्यो बेन्जेमा हुन् । उनी अर्को वर्ष पनि मड्रिडमा रहने शंका नरहे पनि अर्को सुपरस्टार स्ट्राइकरको खोजीमा रहेको मड्रिडमा उनको भविष्य बलियो छैन ।

ब्राहिम दियाज

उनलाई २०१९/२० को सिजनमा लोनमा बाहिर पठाउने पक्का नै भइसकेको छ ।

फेड भालभर्दे

भालभर्देको खेल जिदानले मन पराएको देखिन्छ तर उनी आफूले खेलमा धेरै भन्दा धेरै समय पाउनुपर्ने मागमा छन् । उरुग्वेका भालभर्देको त्यही आग्रह उनलाई क्लबभन्दा बाहिर पु¥याउने खतरा पनि देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment