Comments Add Comment

प्रदेश २ को एसईईमा केन्द्राध्यक्ष बाहेकलाई मोवाइल बोक्न प्रतिबन्ध

Photo Credit : परीक्षा स्थगित भएपछि आन्दोलनमा उत्रिएका विद्यार्थी / अनलाइनखबर

२१ चैत, महोत्तरी । प्रदेश २ मा माध्यमिक शिक्षा परीक्षा (एसईई)मा केन्द्राध्यक्ष बाहेक सबैलाई मोवाइल प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरिएको छ । प्रश्नपत्र बाहिरिएपछि स्थथगित भएको परीक्षा २२ गते बिहान ८ बजेदेखि हुँदैछ ।

परीक्षालाई व्यवस्थित, मर्यादित र शान्तिपूर्ण बनाउन भन्दै केन्द्राध्यक्ष बाहेक अरुलाई मोवाइल प्रयोग गर्न नदिने निर्णय गरिएको शिक्षा विकास निर्देशनालय, प्रदेश २ का निर्देशक रमाकान्त शर्माले जानकारी दिए ।

बिहीबार बिहान बसेको बैठकले परीक्षामा खटिने सहायक केन्द्राध्यक्ष, निरीक्षक र सहयोगीको मोवाइल अफ गरी केन्द्राध्यक्षको नियन्त्रणमा राख्ने निर्णय गरिएको निर्देशक शर्माले बताए ।अनुगमनका क्रममा मोवाइलको दुरुपयोग भएको पाइएकोले यस्तो निर्णय गरिएको उनको भनाइ छ ।

साथै बैठकले केही केन्द्रमा परीक्षा हलमा बस्ने निरीक्षकले परीक्षा मर्यादा विपरीतका कार्य रोक्न प्रयास नगरेको निश्कर्षसहित दक्ष शिक्षकलाई मात्र निरीक्षक बनाउने निर्णय गरेको छ ।

केन्द्राध्यक्षले सहायक केन्द्राध्यक्ष, निरीक्षक र सहयोगी कर्मचारीको रुपमा नियुक्त गरिएका शिक्षक तथा कर्मचारीको नाम, विद्यालयको नाम, तह, ठेगानासमेतको बिबरण बनाइ परीक्षा अनुगमन गर्न पुगेका अनुगमनकर्ताले हेर्न चाहेमा देखाउन सक्ने गरी राख्न पनि बैठकले निर्देशन दिएको छ ।

बैठकमा प्रदेश २ का मुख्यसचिव दीपक सुवेदी, मुख्य न्यायाधिबक्ता दिपेन्द्र झा, सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment