Comments Add Comment

जनप्रतिनिधि र राजनीतिज्ञले सुशासनको नेतृत्व गर्नुपर्छ : प्रधानमन्त्री

२१ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनप्रतिनिधि तथा राजनीतिज्ञलाई सुशासनमा नेतृत्वदायी भूमिका निर्वाह गर्न निर्देशन दिएका छन् ।

बिहीबार राजधानीमा राष्ट्रिय विकास परिषद् बैठकको समापन गर्दै उनले राजनीतिज्ञ तथा जनप्रतिनिधिले सुशासनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताएका हुन् ।

मुलुकमा सशासन कायम नभई विकास र समृद्धि हासिल हुन नसक्ने भन्दै उनले सुशासन कायम गर्न सरकार दृढ र प्रतिवद्ध रहेको बताए ।

सरकारका सबै तह परिचालन नभइकन मुलुकले विकास र समृद्धिको लक्ष्य हासिल गर्न नसक्ने भन्दै प्रधानमन्त्री ओलीले प्रदेश र स्थानीय तहलाई निश्क्रिय र निश्प्रभावी बनाइयो भन्ने कुरा गलत भएको दावी गरे ।

राज्य संरचना पहिलाको भन्दा अलि खर्चालु भएको भन्दै उनले खर्चमा मितव्ययिता अपनाउनुपर्नेमा जोड दिए । त्यसका लागि खर्च कम गरेर बढी लाभ र उत्पादन लिने तर्फ प्रयासहरु केन्द्रित गर्न उनले सुझाव दिए ।

रुग्ढ उद्योगलाई पुनर्स्थापना गरिने तर चल्न नसक्ने अवस्थाका उद्योगलाई बन्द गरिने भन्दै उनले सरकारले मुलुकको हितका लागि निर्णय गर्ने स्पष्ट पारे । ‘प्रधानामन्त्रीले पावर केन्द्रित गर्यो भन्छन् कतिपयले यस प्रणालीमा प्रधानमन्त्री अलि अलि पावरफुल नै हुन्छन् । तर प्रधानमान्त्रीलाई पावरको कुनै शौख छैन । अहिलेको प्रधानमन्त्रीसंग हंगर अफ चेन्ज र हंगर फर डेभलपमेन्ट छ’ उनले भने ।

परिषदको बैठकका निर्णयलाई छिटै अन्तिम रुप दिन सके सोही अनुसार आर्थिक बर्षको सुरुदेखि नै विकासका कार्यक्रमहरु बनाउन सजिलो हुने भन्दै उनले यथासक्य छिटो योजनालाई अन्तिम रुप दिन आग्रह समेत गरे ।

जनताको जीवनस्तरको परिर्वतन, पुर्वाधार विकासको क्षेत्रमा गरिबि हटाउने काम १५ औ‌ं योजनाको अघिल्लो चरणमा नै भइसक्ने दाबी उनले गरे । ‘लिस्ट डेभलपको सबै दागी मेट्ने काम गर्छौ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment