+
+
Shares

निर्वाचनको वातावरण बन्दै गएको छः राजेन्द्र महतो

'राहत वितरण प्रभावकारी भएन, प्राधिकरण बनाऊ'

रासस रासस
२०७४ भदौ ३ गते ९:५६

३ भदौ, धनुषा । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले निर्वाचनका लागि सकारात्मक वातावरण बनिरहेको बताएका छन् । उनले राहत वितरणका लागि प्राधिकरण गठन गर्नुपर्ने मागसमेत गरे ।

बाढी प्रभावित मधेशका जिल्लामा राहत वितरण गर्न आएका नेता महतोले शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै मधेशी समस्या समाधानका लागि यही भदौ ५ गते हुने मतदानमा सम्पूर्ण दललाई सहभागी हुन आग्रह गरे ।

उनले मधेशका जिल्लामा राहतको कार्यक्रम प्रभावकारी हुन नसकेको गुनासो गर्दै राजपाले राहतका लागि रु २६ अर्बको माग गरेकामा सरकारले रु एक अर्ब निकासा गरे पनि सम्बन्धित जिल्लामा पुग्न नसकेको बताउँदै राहत वितरणका लागि प्राधिकरण नै गठन हुनुपर्ने माग गरे ।

 

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?