४ भदौ, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले अप्रत्यासित हार व्यहाेरेको छ ।
शनिबार भएको खेलमा आर्सनल स्टोक सिटीसँग १–० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा ४७ औं मिनेटमा जेस रोड्रिग्वेजले गरेको गोलले नै स्टोकको जितमा निर्णायक बन्यो ।आर्सनलका प्रशिक्षक आर्सेन वेंगरले आफ्नो टोलीले गरेको एक गोललाई अस्वीकार गरेको र पेनाल्टी नदिएको गुनासो गरेका छन् ।
अर्को खेलमा साडिओ मानेले गोल गरेपछि लिभपुरलले लिगमा पहिलो जित हात पारेको छ ।
शनिबार राति एन्फिल्डमा भएको खेलमा लिभरपुलले क्रिष्टल प्यालेसलाई १–० गोल अन्तरले हराएको हो । फिलिप काउटिन्होको अनुपस्थिति रहेको खेलमा लिभरपुलका लागि विजयी गोल मानेले ७३ औं मिनेटमा गरेका थिए ।
प्रतिक्रिया 4