Comments Add Comment

सामसुङका कार्यवाहक अध्यक्षलाई पाँच वर्षको जेल सजाय

९ भदौ, काठमाडौं । दक्षिण कोरियाको एउटा अदालतले सामसुङका कार्यवाहक अध्यक्ष ली जाइ-योङलाई भ्रष्टाचार मुद्दामा पाँच वर्षको जेल सजाय सुनाएको छ । उनी एउटा ठगी प्रकरणमा मुछिएका थिए जसलाई लिएर दक्षिण कोरियाका पूर्व राष्ट्रपतिमाथि समेत महाभियोग लागेको थियो ।

विश्वकै सबैभन्दा ठूलो स्मार्टफोन उत्पादकका डि फ्याक्टो हेड रहेका लीले आफूमाथि लागेको सबै अभियोग अस्वीकार गर्दै आएका छन् । भ्रष्टाचारका विभिन्न प्रकरणमा मुछिएका उनलाई गत फेब्रुअरीमा पक्राउ गरिएको थियो । यी प्रकरणमा ठगी, रकम हिनामिना तथा विदेशमा सम्पत्ति लुकाएको लगायत छन् ।

उनीमाथि राजनीतिक लाभ लिएर दक्षिण कोरियाका पूर्व राष्ट्रपति पार्क गेउन-हेइका साथी चोइ सुन-सिलद्वारा सञ्चालित एउटा मुनाफारहित फाउन्डेसनलाई ४१ अर्ब वन (३ करोड ६० लाख डलर) चन्दा दिएको अभियोग छ ।

ली दक्षिण कोरियाका तेस्रो धनी व्यक्ति मानिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment