Comments Add Comment

लोकेसन र स्टन्टको फूलबुट्टा ‘अ जेन्टलमेन’


स्टार कास्ट– सिद्धार्थ मल्होत्रा, ज्याकलिन फर्नाडीज, सुनिल सेट्टी

निर्देशक- राज एन्ड डीके

संगीत-सचिन-जिगर

बलिउडमा डबल रोलको फर्मुला ताजा होइन, निकै बासी हो । त्यही फर्मुलामा बनाइएको फिल्म हो, ‘अ जेन्टलमेन’ जो हलमा प्रदर्शन भइरहेको छ ।
कथा बर्षौ पुरानो हो । यद्यपी विदेशको लोकेसन, कलात्मक स्टन्टले त्यो कथामा फूलबुट्टा भरेको छ । तर, फिल्म मेकरले के भुलेका छन् भने फिल्मलाई मनोरञ्जनात्मक र अर्थपूर्ण बनाउनका लागि कथाको भूमिका अहंम हुन्छ । तर, यहिं बिन्दुमा यो फिल्म चुकेको छ ।

अक्सर डबल रोलवाला फिल्ममा दुईको सक्कल एउटै देखाइन्छ । तर, स्वभाव आपसमा विपरित हुन्छ । यस फिल्ममा पनि त्यो सूत्र लागु गरिएको छ । फिल्ममा एक व्यक्ति सिधा-सादा देखाइएको छ, अर्को चाहि जोखिम मोल्न नडराउने । यस दुबैको बीचमा काव्या (ज्याकलिन) छिन् र एक कर्नल (सुनिल सेट्टी) पनि ।

कथा

फिल्मको कथा अमेरिकाबाट सुरु हुन्छ, जहाँ गौरव (सिद्धार्थ) एक कम्पनीमा काम गर्छन् । गौरवसँग घर त छ तर, बिवाहको लागि युवती छैनन् । उनी आफुलाई योग्य दुलहीको खोजीमा छन् । यहि समय काव्या -ज्याकलीन) सँग उनको प्रेम अंकुराउन थाल्छ । तर, गौरव जस्तो सिधा-सादा व्यक्तिसँग काव्याको रुची घट्छ । उनी गौरवलाई मन पराउन छाड्छिन् ।

काव्या यस्तो जीवनसाथीको खोजीमा हुन्छिन्, जो साहसिक जीवन विताउन समर्थ होस् । केहि समयपछि कम्पनीको असाइनमेन्टमा गौरव मुम्वई जानुपर्ने हुन्छ । तर, मुम्बईमा आइपुगेपछि उनी समस्याको भूँमरीमा फस्छन् । किनभने उनकै सक्कल भएको ऋषि (सिद्धार्थ), जो एक गुन्डा हुन् । उनलाई कर्नलको सिक्रेट मिसनमा काम लगाइएको हुन्छ । अब गौरव कसरी कर्नलका व्यक्तिहरुबाट बच्छन् ? के उसले काव्यालाई पाउँछिन् ? ऋषिसँग उनको कनेक्सन के हो ? यहि जिज्ञासाले दर्शकलाई फिल्मले अन्तिमसम्म बाँधेर राख्छ ।

के छ कमजोरी ?

फिल्मको कथा जति जति अघि बढ्दै जान्छ, दर्शक हाइ काड्न थाल्छन् । फस्ट हाफमा कमेडी दृश्यले केहि मनोरञ्जन दिलाउँछ । तर, सेकेन्ड हाफपछि फिल्म द्विविधामा फस्छ । निर्देशकले जतिसुकै प्रयास गरेपनि फिल्मले मनोरञ्जन दिदैन ।

अभिनयको कुरा गर्ने हो भने, सिद्धार्थको प्रस्तुती अब्बल छ । उनको एक्सन दृश्य धमकेदार छ । ज्याकलिनको अभिनय सन्तोषजनक छ । सुनिल सेट्टीको अभिनयमा पनि खोट छैन, भलै उनी नेगेटिभ रोलमा देखिए पनि ।

सचिन जिगरको संगीत औसत छ । फिल्मको एक्सन र सिनेम्याटोग्राफी भने तारिफयोग्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment