+

यू-१९ राष्ट्रिय टोलीको कप्तानी दिपेन्द्रसिंह ऐरीलाई

२०७४ भदौ  ११ गते १०:४६ २०७४ भदौ ११ गते १०:४६
यू-१९ राष्ट्रिय टोलीको कप्तानी दिपेन्द्रसिंह ऐरीलाई

११ भदौ, काठमाडौं । मलेसियामा हुने एसीसी यू-१९ एसिया कप (पूर्वी क्षेत्र) छनौटका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । टोलीमा कप्तानीको जिम्मेबारी दिपेन्द्रसिंह एेरीले पाएका छ्न् ।

सिनियर क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटा र यू-१९ प्रशिक्षक बिनोद दासले १४ नियमित र ४ अतिरिक्त खेलाडी सम्मिलित नेपाली टोलीको छनौट गरेका छन् । टोलीमा अघिल्लो महिना सम्पन्न एसीसी यू-१९ विश्वकप छनौट खेलेका अघिकांश खेलाडी समावेश छन् ।

टोलीमा कप्तानीको जिम्मेबारी दीपेन्द्र सिंह ऐरीले पाएका छन् । यसअघि सन्दीप लामिछाने कप्तान थिए ।

घोषित टोलीका अन्य सदस्यहरुमा सन्दीप लामिछाने, मोहम्मद आसिफ शेख, सन्दिप सुनार, प्रनित थापामगर, अनिलकुमार साह, पवन सर्राफ, रोहित कुमार पौडेल, किशोर महतो, शाहव आलम, नन्दन यादव, बिक्रमकुमार भुसाल, सन्दिप जोरा र सुमित महर्जन छन् ।

त्यस्तै चार अतिरिक्त खेलाडीमा कमलसिंह ऐरी, ललित राजवंशी, प्रकाश केसी र रिजन ढकाल परेका छन् । प्रकाश केसी गत महिना सम्पन्न आइसीसी यू-१९ विश्वकप छनौटमा पहिलो रोजाइमा थिए ।

नेपाली टोली आगामी भदौ २३ गते मलेसिया प्रस्थान गर्नेछ । प्रतियोगितामा नेपाल समूह ए मा परेको छ । यस समूहमा सिंगापुर, थाइल्याण्ड, भुटान छन् । प्रतियोगिताको फाइनलिष्ट टोलीले यू-१९ एसिया कपमा स्थान बनाउनेछ ।

नेपाली क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय